अमेरिकाका लागि युक्रेनी राजदूतले आफूहरु वार्ता गर्न तयार रहेको बताईन । उनले अगाडी भनिन ‘तर हामी आत्मसमर्पण गर्न तयार छैनौँ’ ।
युक्रेनी राजदूत ओक्साना मार्कारोभाले सिएनएनकी डाना बासलाई युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुससँगको वार्तामा भाग लिने प्रतिनिधिमण्डलमा “निश्चित रूपमा” सहभागी नहुने बताईन ।
उनले राष्ट्रपति जेलेन्स्की देशको रक्षा गरि रहेको बताइन ।
मार्कोभाले रूसी राष्ट्रपतिलाई युद्ध रोक्न आह्वान गरिन र युक्रेनले वार्तामा मानिसहरू पठाउने बताईन । उनले युक्रेन सधैँ वार्ताका लागि तयार रहेको बताइन्, “तर हामी आत्मसमर्पण गर्न तयार छैनौं। र हामी हाम्रो देशको रक्षा गर्नेछौं, र हामी जित्नेछौं।”
पुटिनले आणविक हतियार सहितको प्रतिरोधात्मक बललाई उच्च सतर्कतामा राखेकोमा मार्कारोभाले भनिन “यो रुसको आतंककारी व्यवहारको अर्को उदाहरण हो। तिनीहरूले हाम्रो देशमा आक्रमण गरे। तिनीहरूले सबैलाई डराउँछन्।”
प्रतिक्रिया