विधेयकमा सैद्धान्तिक छलफल

इनेप्लिज २०७८ फागुन १५ गते १३:४१ मा प्रकाशित

विधेयकमा सैद्धान्तिक छलफल

विराटनगर, १५ फागुन । ‘प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७८ आज सदनमा पेश भएको छ।प्रदेश सभाको नवौँ तथा हिउँदे अधिवेशनको आज बसेको बैठकमा सामाजिक विकास मन्त्री राजन राईले सो विधेयक सदनमा पेश गर्नुभएको थियो।

विधेयकको सैद्धान्तिक छलफलमा सहभागी हुँदै नेपाली कांग्रेसका सचेतक सूयर्माराज राईले राज्यलाई चाहिने दक्ष जनशक्त्तिको दक्षता अभिवृद्धि गर्न विधेयकले मद्दत गर्ने विश्वास व्यक्त्त गर्नुभयो । उहाँले आफ्नो दक्षतालाई राज्य तथा समाज हितमा खर्च नगर्ने काम चोर प्रवृतिका कर्मचारीहरुबाट राज्यलाई लाभ नहुने भन्दै प्रदेशको जनशक्त्तिलाई व्यवस्थित ढङ्गले अघि बढाउन यो विधेयक लाभदायी हुने चर्चा गर्नुभयो । सोही छलफलमा प्रदेश सभा सदस्य उमीता विश्वकर्मा र रामचन्द्र लिम्बूले पनि विधेयक ढिलो आएपनि दक्षजनशक्त्ति निर्माण र प्रदेशको समृद्धिको यात्रा पूरा गराउन विधेयक सहयोगी बत्रे विचार व्यक्त्त गर्नुभयो।

विशेष समय ‘भागबण्डामा हिरो काममा जिरो’

नेकपा एमाले संसदीय दलका नेता भीम आचार्यले लगभगा १०० दिन पछि शुरु भएको संसदमा सरकाले प्रस्तुत गर्ने कुनै बिजनेश नभएको बताउनुभयो । उहाँले सरकार भागबण्डामा ‘हिरो र काममा जिरो’ देखिएकाले यस्तो नगर्न सरकारलाई सुझाव दिनुभयो । उहाँले सरकारले विस्तार गरेको मन्त्रिपरिषद्बाट खर्च अत्यधिक बढेको बताउँदै बागबानी केन्द्रलाई कृषि ज्ञान केन्द्रमा गाभ्नु सरकारले कमजोरी हो भत्रुभयो । उहाँले जनतालाई सेवा प्रवाह गर्ने कार्यालय प्रत्येक जिल्ला वा स्थानीय तहमा स्थापना गर्नु पर्ने भन्दै बेमौसमी बाढी र बर्षाबाट मर्महत भएका किसानलाई सरकारले क्षतिपूति नदिनु चिन्ताको विषय हो भत्रुभयो ।

शून्य समय

प्रदेश सभामा शून्य समयमा प्रदेश सभा सदस्य सरिता थापा, लीलाबल्लभ अधिकारी, राजकुमार ओझा, यशोदा अधिकारी, विमल कार्की, काजीमान कागते, उषकला राई र सर्वध्वज सावा लिम्बूले पनि बोल्नुभएको थियो । प्रदेश सभाको अर्को बैठक भोलि दिउँसो १ बजे बस्ने सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिनुभयो । उहाँले सदनमा प्रदेश प्रमुख कार्यालयबाट मन्त्रिपरिषद् गठन एवं विस्तार भएको पत्र पनि पढेर सुनाउनुभएको थियो ।

प्रतिक्रिया