युक्रेनले बेलारुसबाट युक्रेनको राजधानी कीभतर्फ आएको क्षेप्यास्र (क्रुज मिसाइल)खसालेको छ।
युक्रेनले छिमेकी बेलारुसबाट आइतवार कीभमा प्रक्षेपण गरिएको क्रुज मिसाइललाई खसालेको जनाएको छ।
“युक्रेनको वायुसेनाले बेलारुसको भूभागबाट युक्रेनको राजधानी कीभमा प्रक्षेपण गरिएको क्रुज मिसाइल टियू-२२ लाई बमवर्षकद्वारा खसाल्यो।
यो युक्रेन र त्यहाँका जनता विरुद्ध गरिएको अर्को युद्ध अपराध हो,” युक्रेन परराष्ट्र मन्त्रालयका प्रवक्ता ओलेग निकोलेन्कोले आइतबार सामाजिक संजाल ट्वीट मार्फत उक्त जानकारी गराएका हुन ।
बेलारुसले युक्रेनमा रुसको आक्रमणमा महत्वपूर्ण भूमिका खेलेको छ । युक्रेनी अधिकारीहरूका अनुसार बेलारूस सरकारको समर्थनमा रूसी सेनाले बेलारूस सीमाबाट आक्रमण गरेको समाचार सिएनएनले जनाएको छ ।
प्रतिक्रिया