रुसले गत बिहीबारदेखि युक्रेनमा आक्रमणको बिषयलाई लिएर रुसमा भएको युद्धविरोधी प्रदर्शनमा झण्डै २,७०० व्यक्तिहरु पक्राउ परेका छन भनि सिएनएनले जनाएको छ ।
रुसमा बिहीबारदेखि युद्ध विरोधी प्रदर्शनमा जम्मा २,६९२ जनालाई पक्राउ गरिएको स्वतन्त्र विरोध अनुगमन गर्ने संजाल ओभीडी-इन्फोले शनिबार बताएको छ।
ती मध्ये कम्तिमा १,३७० जनालाई मस्कोमा भएको प्रदर्शनमा हिरासतमा लिइएको जनाएको छ ।
ओभीडीका अनुसार कम्तिमा २७ वटा शहरहरूमा विरोध प्रदर्शनहरू जारी रहेको बताएको छ ।
बिहीबार रुसको अनुसन्धान समितिले कुनै पनि युद्ध विरोधी प्रदर्शनमा भाग लिनु गैरकानुनी भएको चेतावनी दिएको थियो । साथै यस्तामा भाग लिएमा आपराधिक अभिलेख हुने र व्यक्तिको भविष्यमा असर समेत पर्ने जनाएको छ ।
प्रतिक्रिया