बेलायती गुप्तचरका अनुसार कीभबाट १८ माइल मात्र रुसी सेनाको ठूलो संख्या तैनाथ रहेको जनाएका छन । बेलायती रक्षा मन्त्रालयले शनिबार दिएको सूचना अनुसार अधिकांश रुसी सेनाहरू कीभको केन्द्रबाट १८.६ माइल (३० किलोमिटर) मात्र टाढाको बताएको छ ।
यसले रुसलाई चेतावनी समेत दिदै हताहतको संख्या “क्रेमलिनले अनुमान गरेको वा स्वीकार गरेको भन्दा ठूलो र ठूलो हुन सक्छ।” भनेको छ ।
मन्त्रालयको पछिल्लो गुप्तचरले अध्यावधिक गरे अनुसार, “रुसले अझै युक्रेनमाथिको हवाई क्षेत्रको नियन्त्रण प्राप्त गर्न सकेको छैन र रुसी वायुसेनाको प्रभावकारितामा ह्रास आएको छ।”
यसमा भनिएको छ “युक्रेनी सशस्त्र बलहरूले देशभर कडा प्रतिरोध जारी राखेका छन्।”
युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले नागरिकहरूलाई राजधानी कीभ अझै पनि उनीहरूको नियन्त्रणमा रहेको र “लडाइ जारी छ,” शनिबार आफ्नो पछिल्लो भिडियो सन्देशमा भनेका छन् ।
यसअघि युक्रेनमा विस्फोटको ठूलो आवाज सुनिएको थियो किनभने देशको आन्तरिक मन्त्रालयले राजधानीमा “सक्रिय लडाइँ” को चेतावनी दिएको थियो।
प्रतिक्रिया