युक्रेनको राजधानी कीभ नगर प्रमुखद्वारा शनिबार साँझदेखि निषेधाज्ञा आदेश

इनेप्लिज २०७८ फागुन १४ गते १२:५५ मा प्रकाशित

युक्रेनको राजधानी कीभका नगर प्रमुख(मेयर)ले शनिबार साँझदेखि निषेधाज्ञा आदेश जारी गरेका छन् । नगर रमुख भिटाली क्लिट्स्कोले शनिबार साँझदेखि निषेधाज्ञा लगाएका छन् । साँझ ५ बजेदेखि सुरु हुने बताए ।

उनले राजधानीको थप प्रभावकारी रक्षा र यसका बासिन्दाहरूको सुरक्षाको लागि निषेधाज्ञा (कर्फ्यू)२८ फेब्रुअरी बिहान ८ बजे सम्म जारी रहने बताए ।

” निषेधाज्ञाको समयमा सडकमा रहेका सबै नागरिकहरूलाई शत्रुको तोडफोड र टोली समूहका सदस्यहरू मानिनेछ।

उनले “कृपया परिस्थितिलाई बुझेर व्यवहार गर्नुहोस् र बाहिर नजानुहोस्।” भनि सन्देश दिएका छन् ।

प्रतिक्रिया