सङ्घीयतामा विकासको बिकेन्द्रीकरण हुन्छ – मुख्यमन्त्री राई

मनोज दाहाल २०७८ फागुन १४ गते १२:१२ मा प्रकाशित

 

विराटनगर,१४ फागुग।प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले सङ्घीयतामा विकासको बिकेन्द्रीयकरण हुने बताउनु भएको छ।

प्रदेश नं १ सरकार,बाह्रखरी मिडिया,विराटनगर महानगरपालिका र उद्योग संगठन मोरङद्वारा संयुक्त रुपमा आज यहाँ आयोजित आर्थिक सम्मेलनमा उहाँले सङ्घीयतामा प्रदेश निर्माणको कारण यहाँका १४ जिल्लामा पूर्वाधार निर्माण दामासाही रुपमा भइरहेको धारणा राख्नु भयो।

मुख्यमन्त्री राईले सङ्घीयताको सुन्दर पक्ष भनेको मुलुकमा रहेको विकासको खाडललाई पुर्दै जानु हो भन्दै प्रदेशको मूल्याङकन गर्ने समय अहिले नभएको चर्चा गर्नु भयो।

उहाँले प्रदेश सरकर शुन्यको अवस्थामा शुरु भएको स्मरण गराउँदै केन्द्रीय सरकारले अनुदान,राजश्व वाँडफाँड,राजश्व संकलनको सिमीत क्षेत्र भएकोले रकमको अभावले जनतालेको चाहना अनुसार सोचिएको तोकिएको अनुसार कार्य गर्न नसकेको विचार राख्नु भयो।

नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले विगत ६÷७ महिनामा मुलुकमा विप्रेषण वृद्धि कम र आयात अध्याधिक भएका कारण आर्थिक समस्या उत्पन्न भएको बताउनु भयो।

उहाँले ठुला उद्योगी,व्यापारीहरुलाई कर्जा लिन केही समस्या भएको महशुस भएको चर्चा गर्दै बजारलाई सहजता होस भन्नका लागि राष्ट्र बैंकका रु ३२६ अर्व रकम वैंकहरुलाई चलाउनु दिएको जानकारी दिनु भयो।

उहाँले अर्थतन्त्रमा उतार चडावको समयमा उद्योगी,व्यापारीले सरकारलाई सहयोग गर्न आग्रह गर्दै कोभिडको कारण मुलुकमा मूल्यवृद्धि भएको जानकारी दिनु भयो।

अर्थसचिव मधु मरासिनीले पूर्जीगत खर्च केही कमी भए पनि समग्रमा ४० प्रतिशत खर्च भएको जानकारी दिदै नेपाली बजारको ठूलो क्रेता भनेको नेपाल सरकार नै हो भन्नु भयो।उहाँले आगामी असार मसान्तसमम अर्थतन्त्र केही तनाव भएपनि समस्याग्रस्त चै नहुने विश्वास जनाउनु भयो।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्वनाथ पौडेलले उचित व्यवस्थापन नभएको कारण मुलुकमा तरताको अवस्था सिर्जना भएको भन्दै सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी गर्नुपर्ने विचार राख्नु भयो।

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले यस क्षेत्रमा औद्योगिक ग्राम स्थापना भएमा नागरिकको आयआर्जन वृद्धि हुनाले आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त्त गर्नु भयो।

नेपाल पर्यटन वोर्डका कार्यकारी अधिकृत धनन्जय रेग्मी, प्रदेश लगानी वोर्डका कार्यकारी अधिकृत सरोज कोइराला, पूर्व अर्थ सचिव रामेश्व खनालले भारतीय पर्यटकलाई यस क्षेत्रमा आकर्षण गर्नुपर्नेमा जोड दिनु भयो।

नेपाल उद्योग वाणिज्य सङ्घका अध्यक्ष शेखर गोल्छा,बाह्रखरी मिडियाका सम्पादक प्रतिक प्रधान,नेपाल उद्योग परिसङ्घका अध्यक्ष विष्णु अग्रवाल र उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेलले भारत,वंगलादेशको उपभोक्तालाई ध्यानमा राखी उद्योगीक उत्पादन र पर्यटन क्षेत्र प्रवद्र्धन गर्नुपर्नेमा जोड दिनु भयो।
सोहीअवसरमा मुख्यमन्त्री राईले औद्योगिक सर्वेक्षण तथ्याङक पुस्तको विमोचन गर्नु भयो।

मनोज दाहाल

 

 

 

 

 

मनोज दाहाल

पत्रकार

प्रतिक्रिया