रचना,संगीत तथा स्वर कार्यक्रमको चौथो श्रृङ्खला सम्पन्न

सुरेन उप्रेती अटवा क्यानडा २०७८ फागुन १४ गते ११:४६ मा प्रकाशित

अटवा फेव्रवरी २५ । २०२२ त्यस्तै गरी फागुन १३। २०७८ नेपाली समय अनुसार शुक्रवार साँझ ७४५मा स्रस्टा साँझ अमेरिकाको रचना संगीत तथा स्वर कार्यक्रमको चौथौ श्रृङ्खला सम्पन्न भयो । स्रस्टा साँझ अमेरकाका बिबिधकार्यक्रमहरू मध्यको यो कार्यक्रम महिनामा एक पटक हुने गरेको छ । यस कार्यक्रमका प्रथम श्रृङ्खलामा रचनाकार राधाकृष्ण काफ्ले संगीतकार नारायण ओली र गायक रविन शर्मा हुनु हुन्थ्यो । त्यस्तै गरेर दोश्रो श्रृङ्खलामा रचनाकार डाक्टर विश्वभर प्याकुरेल र संगीतकार तथा गायक शम्भुजित बाँस्कोटा हुनु हुन्थ्यो । यसको तेश्रो श्रृङ्खलामा रचनाकार लिलु गुरूङ र संगीत संयोजक जुजु गुरूङ हुनु हुन्थ्यो । आजको यस चौथो श्रृङ्खलाको बिशिष्ट अतिथि नेपालको पहिलो पुरूष डाक्टर स्त्री रोग विशेषज्ञ भएर ख्यातिआर्जन गर्नु भएका डाक्टर भोला रिजाल हुनु हुन्थ्यो ।

स्रस्टा साँझ अमेरिकाका संस्थापक अध्यक्ष प्रभात दीक्षितको अध्यक्षतामा भएको कार्यक्रममा ईन्जाका ग्लोबल अध्यक्ष गुणराज लुईटेल पनि सरिक हुनु हुन्थ्यो । स्रस्टा साँझ अमेरिका र ईनेप्लिज डटकमको फेसबुकबाट लाईभ प्रसारण भएको कार्यक्रममा संसारभरीका संगीतप्रेमी जनहरूले उत्शाहपूर्वक सहभागिता जनाएर जिज्ञासाहरू राख्नु भएको थियो । २०२७ सालमा प्रथम गीत रेकर्ड गराउनु भएका डाक्टरर भोला रिजाल भारतका राष्ट्रगीतका रचयिता रविन्द्रनाथ ठाकुर र बकिमचन्द्रबाट प्रभावित हुनु हुन्छ । धरानमा जन्मु भएका गीतकार रिजाल आफ्नै दाजु कालिप्रसाद रिजालले लेख्नु भएका गीतहरूमा धरानको पव्लिक हाईस्कुल पढ्दा आफै संगीत भर्दै  गाएको स्मरण गर्नु हुन्छ ।

कोमल ह्रृदय भएका डाक्टर भोला रिजाल आफ्नै पत्नीलाई प्रशव पिडाहुँदाको दयनिय अवस्थाबाट स्त्रीरोग सम्बन्धी अध्ययन गर्न अठोट गरेको कुरा सम्झनु हुन्छ । तात्कालिन नेपालमा असंख्य बालमृत्यु दर र मातृमृत्यदर रहेको थियो । जनचेतनाको अभाव शिक्षा र स्वास्थको अभावमा कलिलै उमेरमा गर्भाधान हुने र धेरै आमाहरूले जीवन गुमाउनु परिरहेको अवस्था थियो ।अझै पनि कति पय ग्रामिण भेगकमा वालविवाह गर्ने कुरितीहरू बिधमान छन् । अशिक्षाका कारणले ती अन्धविश्वासहरूलाई जोगाएर राखेको अवस्था छ । बच्चा जन्मिएन भने नारीहरूको दोष हो भन्दै पुरूषले पटक पटक विवाह गर्ने प्रचलन थियो । यधपी सुन्ने गरीन्छ । डाक्टर भोला रिजाल र उहाँको मेडिकल समुहले हजारौ दम्पतीहरूलाई अविभावक हुने सुनौलो अवशर प्रदान गर्नु भयो । जुन नेपालका लागि एक नौलो आयाम थियो । आज उहाँहरूको सहयोमा लाभान्वित भएका परिवारहरू सन्सारका धेरै  देशहरूमा छरिएर रहेका छन् । हाम्र्रो जस्तो अन्धविश्वासले जकेडेको समाजमा ठूलो संघर्ष पछी सन्तान प्राप्तीको अनुभूति हुनु जती महान कार्य के नै हुन सक्छ र । त्यसैले त डाक्टर भोला रिजाललाई सन्तानेस्वर महादेव भनेर मानिसहरू सम्वोधन गर्ने गर्दछन् । अन्धविश्वासले जकडिएको समाजमा औशीमा बच्चा जन्मियो भने नराम्रो । शनिवार जन्मियो भने नराम्रो भन्दै साहित् हेरेर बच्चा जन्माउने बिकृतिहरू आएका थिए र छन् पनि । ती बिकृतिका बिरूद्धमा समेत अभियान चलाउने डाक्टरको नाम हो भोला रिजाल ।

नेपालमा पहिलो टेस्ट्यूव बेबी ओममणिको  जन्म गराउँन आफ्नो टिम सफल गराएको संस्मरण गर्दै नेपाल अझै अन्यमुलुक भन्दा २५ बर्ष पछाडि रहेको अवगत गराउनु भयो । श्री रिजालले नेपालको स्वास्थ क्षेत्रमा मात्र सिमित नरही सामाजिक परिवर्तजका लागि साहित्य र संस्कृतिका क्षेत्रमा पनि ठूलो योगदान पुर्याउनु भएको छ । नेपाली चलचित्रहरूका लागि कथा लेखन देखि लिएर चलचित्रका लागि गीतहरू लेख्नु भएको छ । मैनाचरी, सगरमाथा राइरहेछ, सारंगीको तार टुट्यो, इस्वर आफैँबोल्छ, मुक्तीनाथ जस्ता चर्चित गीती अलबम्हरू निकाल्नु भएकोछ । त्यस्तै गरी मेरो पौवापाटी, गौँथली, मुक्तिनाथ भनजमाला जस्ता पुस्तकहरू प्रकाशन गर्नु भएको छ । गीत कस्तो  हुनु पर्छ भन्ने प्रसंगमा “ कुनै पनि गीत सुने पछी श्रोताहरूमा सकारात्मक सोच आओस । कुनै परिवर्तनको सन्देश दिन सकोस भन्ने सोचेर गीत लेख्ने गरेको कुरा भोला रिजालले बताउनु भयो ।

कार्यक्रममा ईन्जा ग्लोवलका अध्यक्ष गुणराज लुईटलले मानिसहरूले बच्चा जन्माउँदा र स्रस्टाहरूले   सिर्जना गर्दा साहित हेराएर जन्माउने पंरंपरा प्रति डाक्टर भोला रिजालको धारणा माग्नु भएको थियो । कुनै पनि बच्चा जन्मदा यो समयमा जन्माउने र जन्माउने प्रचलन राम्रो हैन । यी अन्धविश्वासका अवशेषहरूमात्र हुन । आफ्नै समयमा जन्मन दिनु पर्छ । त्यो नै प्राकृतिक हुन्छ भन्ने धारणा राख्नु भयो । कार्यक्रमलाई रचनाकार द्वय सुरेन उप्रेती र सुनिता बस्नेत थापाले सन्चालन गर्नु भएको थियो । कार्यक्रमलाई सन्सारका बिभिन्न ठाउँबाट श्रोता तथा दर्शकहरूले आआफ्नो प्रतिक्रिया  राख्नु भएको थियो । कार्यक्रममा प्रभात दीक्षितको समयाभावले गर्दा बाहिरिनु परेको ले बिशिष्ठ अथिति लगायत सबैलाई सुनिता बस्नेत थापाले धन्यवाद दिनु भयो । ईनेप्लिज परिवार र विजय थापाको सहयोगमा कार्यक्रम फेसबुकलाईफ भएको थियो ।

-सुरेन उप्रेती अटवा क्यानडा

प्रतिक्रिया