“हामी सबै यहाँ छौं” युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले कीभको सडकबाट सामाजिक संजाल फेसबुक (अनुहार किताव )मार्फत प्रत्यक्ष प्रसारणमा युक्रेनको रक्षा गर्ने वाचा गरे ।
उनले उक्त श्रब्य दृश्यमा भने ,हामी यहाँ छौ। हामी कीभमा छौं। हामी युक्रेनको रक्षा गर्छौं। जेलेन्स्कीले गत शुक्रबार राति उनले आफ्नो प्रशासनका अन्य नेताहरूसँग कीभको बीच सडकमा उभिएर आफ्नो देशको रक्षा गर्ने वाचा गरे ।
“सबैलाई शुभ साँझ ! दलका नेताहरू यहाँ छन्। राष्ट्रपति प्रशासनका प्रमुख यहाँ छन्। प्रधानमन्त्री (डेनिस) श्म्यहल यहाँ छन्। (राष्ट्रपति कार्यालय प्रमुख सल्लाहकार मिखाइलो) पोडोलियाक यहाँ छन्। राष्ट्रपति यहाँ छन्।” जेलेन्स्कीले भने, आफ्नो वरपरका विभिन्न पुरुषहरूलाई देखाउदै बोले ।
“हामी सबै यहाँ छौं। हाम्रो सेना यहाँ छन । यहाँका नागरिक र समाज छन् । हामी सबै यहाँ हाम्रो स्वाधीनता, हाम्रो राज्यको रक्षा गर्दैछौं र यो यस्तै रहनेछ। हाम्रा रक्षकहरू प्रति गौरव ! हाम्रा महिला रक्षकहरूप्रति पनि गौरव ! युक्रेनको गौरव ! बाँकी समूहले बुलन्द आवाजमा “वीरहरूको गौरव !” भन्यो ।
जेलेन्स्कीले गरेको प्रकाशन अहिले व्यापक (भाइरल )भएको छ, विभिन्न सामाजिक संचार माध्यमहरूमा व्यापक रूपमा साझा गरिएको छ।
भिडियो कृतज्ञता :युएसअए टुडे (Courtesy :USA TODAY )
प्रतिक्रिया