युक्रेनी सरकारका सल्लाहकारले युक्रेनको राजधानी कीभलाई प्राक्षेपिक क्षेप्यास्र प्रहार (ब्यालिस्टिक मिसाइल)ले प्रहार गरेको बताएका छन् ।
युक्रेनको राजधानीलाई स्थानीय समयअनुसार शुक्रबार बिहान क्षेप्यास्त्र प्रहार गरिएको सरकारका सल्लाहकारले बताए।
युक्रेनको आन्तरिक मामिला मन्त्रालयका प्रमुखका सल्लाहकार एन्टोन गेराश्चेन्कोले टेक्स म्यासेज (सन्देश ) मार्फत पत्रकारहरूलाई भने, “क्रूज वा ब्यालिस्टिक मिसाइल(प्राक्षेपिक क्षेप्यास्र)हरूद्वारा कीभमा हमला जारी छ।”
मैदानमा रहेको सिएनएन टोलीले शुक्रबार बिहान मध्य कीभमा दुईवटा ठूला विस्फोट र तेस्रो ठूलो विस्फोटको आवाज सुनेको बताए।
प्रतिक्रिया