अहिले बजारमा एक जना लोकप्रिय गायिका र लोकप्रिय नायकको प्रेम र धोखाको चर्चाले बजार चुलिएको छ। यस्तो कुनै अनलाईन पत्रिका र युट्युब च्यानल छैन जस्ले यो बिषयलाई कभरेज नगरेको होस।एक यस्तो गायिका जस्ले सानै उमेरमा धेरै पाका र खारिएका गायक र गायिकाले नपाउने ख्याती पाएकी छन र एक यस्ता नायक जो पश्चिम नेपालको बिकट जिल्ला दाङ बाट काठमाडौ आएर जिरो लेभलबाट दश बर्षको कडा मिहेनत र संघर्ष बाट आज यो ठाउमा आईपुगेका छन। यो फिल्म नगरी मायाको नगरी हो, ग्ल्यामारको क्षेत्र हो, यो क्षेत्र बाहिरबाट हेर्दा जति सुन्दर लोभलाग्दो हुन्छ, भित्रबाट हेर्दा उत्तिकै घिनलाग्दो र दिक्क लाग्दो हुन्छ। तर पनि यो क्षेत्रमा जम्नको लागी बर्षेनी हजारौको संख्यामा युवा युवतीहरु मोफसलबाट राजधानी छिरीरहेका हुन्छन।
यी मध्ये औलामा गन्न सकिने मात्रै स्थापित हुन्छन र बाँकी अधुरो सपना र असफल जिन्दगी बोकेर नयाँ बाटो र गन्तब्य समात्न बाध्यहुन्छन। एउटा उखानै छ नि केही पाउन केही गुमाउनु पर्छ, मलाई लाग्छ यो उखान यै क्षेत्रको लागी बनाईएको उखान हो।यो क्षेत्रमा लाग्नेहरु धेरै गुमाउछन र थोरै मात्रै कमाउछन। रेखा थापा, अन्जु पन्त,निखिल उप्रेति,भुबन केसी, जिया केसी, अनमोलकी आमा सुस्मिता केसी, पुजा चन्द,सारंगा श्रेष्ठ,शिल्पा पोखरेल,छबि ओझा, नम्रता श्रेष्ठ, उषा पौडेल,निकिता पौडेल, सुधांसु जोशी लगाएतका धेरै नायक नायिकाहरुलाई हेर्ने हो भने पनि यो कुरा सत्य साबित हुन्छ। यीनीहरुले पनि जिन्दगीमा धेरै कमाए पनी गुमाए पनि।
यीनीहरुले पनि जिन्दगीमा धेरै कमाए पनी गुमाए पनि
पल शाह पनि चकलेटी हिरो, पछिल्लो समयमा एक पछि अर्को सफलताको सिंढी चढेदै गरेको हिरो। सबैको हाई हाई, राजेश हमाल पछिको लोकप्रियता सायद उनकै पोल्टोमा छ जस्तो मलाई लाग्छ। समिक्षा भर्खर १० कक्षा पढ्दै गर्दा नै गायकी क्षेत्रमा एक पछि अर्को सफलता हात पार्दै गईन।कलिलै उमेरमा नै ग्ल्यामर क्षेत्रमा प्रबेश गरिन, सधै चलिचित्रको र टेलिभिजनको पर्दामा देखिने ब्यक्तिहरुसंग दैनिक उठ बस हुदा उनलाई प्रलयनै हुनु स्वाभाबिक थियो। १६ बर्ष नै जवानीको उदगम बिन्दु हो, कानुनले जे भने पनि एक नारी वा पुरुष १६ बर्ष पुगे पछि बैश चढन थाल्छ र बिपरित लिंग प्रति बढीनै झुकाब हुने गर्छ। यस्तो बेलामा जवानीको एउटा मिठो भुल गर्नु कुनै ठुलो कुरा होईन।
त्यस्तै भुल समिक्षा र पलले पनि गरे।पहिलो चोटी २०७७ पुष १० गते पोखराको होटल प्राईमा,दोस्रो चोटी २०७७ चैत ७ गते चितवनको गैडाकोट रिजोर्ट र तेस्रो चोटी २०७८ बैशाष १४ गते कास्कीको दुलेगौडा पलको साथीको घरमा भुल माथी भुलको चाङग लगाउदै गए ।यी अफिसियल्ली मिती र स्थानहरु चै मैले उनकै बाउले प्रहरीमा दिएको उजुरी बाट साभार गरेको हु र अनअफिसियल्ली १ बर्षमा गरेका भुलका चाङ त झन कति होलान?
कानुनले जे भने पनि एक नारी वा पुरुष १६ बर्ष पुगे पछि बैश चढन थाल्छ र बिपरित लिंग प्रति बढीनै झुकाब हुने गर्छ
भर्खर १६ बर्षमा टेकेकी छोरी ग्ल्यामर क्षेत्रमा लागेकी छ, कहिले कता पुग्नु पर्छ, कहिले कता पुग्नु पर्छ,भेटन मन लाको नलाको सबै संग भेटनु पर्छ।गीत गाउदै हिडदा रात दिन नभनी हिडनु पर्ने बाध्यता हुन्छ। यस्तो बेलामा बाउ आमाले उनलाई एक्लै छोडिदिएर ठुलो गल्ती गरेका हुन। बाउ वा आमाले अभिभावकत्व निभाईदिएको भए पल जस्ता शिकारी र अरु मायाको भिकारी समिक्षाको नजिक समेत ढिम्किन पाउदैनथे।उनीहरुलाई छोरीले पैसाको बिटोका बिटो ल्याएर दिएसी दंग पर्दै आफ्नै संसारमा रमाउन थाले।उनी त बालखा थिईन, यो उमेरमा के सही के गलत भनेर छुट्टाउन सक्दैनन, यस्तै बेलामा उनको बाउआमा चाहिन्थ्यो। तन्नेरी हुदै गरेकी छोरीलाई एक्लै छोडीदिएर आज पल शाहलाई मात्रै दोष थुपारेर उनका बाउआमा पानी माथिको ओभानो बन्न पाउदैनन।
घटना बाहिर आईसके पछि परिवारीक बैठक बसी समिक्षालाई पलले स्विकार्नु पर्ने अडान र दबाब दिएका थिए। एक बर्ष सम्म पल र समिक्षाको सम्बन्ध अनैतिक र गैरकानुनी भएन, उनीहरुले पलशाहलाई ज्वाई देखे र समिक्षाले भबिष्यको पतिदेब, जब बिहे नगर्ने स्थिति सृजना भयो तब एकाएक सबैले बलात्कारी देखे। पल शाहले कुनै ८-१० बर्षकी बालिकालाई चकलेट र ललीपप ख्वाएर बलात्कार गरेका थिएनन। शारिरीक हिसाबले र चलन चल्तीको हिसाबले बयस्क तर कानुनी हिसाबले नाबालिका संग शारिरीक सम्बन्ध राखेका थिए । नेपालमा अझै पनि ३७-४० प्रतिशत केटीहरुको १८ बर्ष भन्दा पहिला बिहे हुने गरेको छ भनी, १० प्रतिशत केटीहरुको १५ बर्ष नपुग्दै बिहे हुने गरेको छ। त्यहा त यो कानुन लागु भएको देखिदैन त। यदि कानुन लागु हुनी भएको भए ति बाल बिबाहहरु हुने थिएनन।नाबालकको परिवारले सममतिमा बिबाह गरे कानुन नलाग्ने हुन्छ? सबैको सहमतिमा कसैको हत्या गरे त्यसलाई कानुन लाग्छ की लाग्दैन? छोरीको बलात्कार भएको थाहा पाएर पनि गुपचुप बस्ने बाउआमा पनि दोषी हुन।
पल शाहले कुनै ८-१० बर्षकी बालिकालाई चकलेट र ललीपप ख्वाएर बलात्कार गरेका थिएनन।
म यहाँ पल शाहको बचावको लागी आएको होईन।मैले एकचोटी भेटेको पनि छैन , ईमान्दारी पुर्बक भन्ने हो भने ईन्ड्रष्ट्रीजको सबै भन्दा झुर हिरो मलाई पल शाह लाग्छ।कानुनी हिसाबले पल शाहले नाबालिक संग यौन सम्पर्क गरेर अपराध त गरेकै हुन।तर पनी मैले उनको बचाब भन्दा पनी केवल यो समाजमा देखेको अपाच्य र केही बिसंगति कुराहरुलाई मेरो दृष्टिबाट समिक्षा गरी तपाईहरु सॅग साटन मात्र चाहेको हो। आज बलात्कार गर्यो भनेर चिच्याउदै हिड्नेहरुले हिजो उसै संग छोरी भिडाउन खोज्दै थिए। यहा निर हामी सबैले के बुझ्नु जरुरी छ भने बिहे जस्तो चीज जबरजस्ती गरेर हुने कुरो होईन।लौ मानौ पल शाहले जबर जस्ती स्वीकारेर २-४ बर्ष पछि १-२ जना नानीबाबु पाएर समिक्षालाई हेला गर्न थाले वा घरमा नआईदिने, सुटिङ र काम छ भन्दै टाढिए वा भोली डिभोर्ष गरिदिए भने त्यो बेलामा के गर्ने? भोली समिक्षाको हालत के हुन्छ? ति बच्चा बोकेर कहा जानी? समिक्षालाई किन यति सस्तो बनाईयो? कि पललाई जबर जस्ती भए पनि बिहे गरिदिनै पर्ने? उनी पनि उदायिमान गायिका हुन, एक दिन पलको भन्दा बढी नाम र दाम कमाउन उनलाई कुनै आईतबारै लाग्दैन।उनको यात्रा बल्ल शुरु हुदैछ। उनी पल भन्दा झन लायक र जवान केटाहरुको रोजाईमा पर्ने छिन, पाउने छिन। उनको क्यारियर सुरु हुनुभन्दा पहिल्यै अन्त गर्न खोजिदै छ। कुमारीत्व नै सबै कुरा होईन, कुमारीत्व गुमाउनु भनेको परिपक्कता आउनु पनि हो । यहा नारीहरु कुमारीत्वलाई सबै भन्दा ठुलो सम्पती र त्यो लुटिएपछि आफु कंगाल हुने सोचाईले गर्दा पनि महिलाहरु तल परेका हुन।
कुमारीत्व नै सबै कुरा होईन, कुमारीत्व गुमाउनु भनेको परिपक्कता आउनु पनि हो
मिलेमतोमै शारिरीक सम्बन्ध गाँसे पनि कानुनी आधारमा पल तल परेका छन।तर भोली कोर्टमा सबैको सामु वकिले जायज नाजायज प्रश्नहरु सोध्नेछन, पत्रकार र युट्युबेहरुले अनेकौ प्रशनहरु गर्नेछन, पल र समिक्षाको फ्यानहरुले फेशबुक, टिकटोक, ट्विटर जस्ता सामाजिक संजालना पढन र सुन्न नसक्ने टिका टिप्पणीहरु गर्नेछन। त्यो बेलामा समिक्षाको मन र मस्तिष्कमा कस्तो असर पर्ला? यसरी बजारमा फलानोले मलाई बलात्कार गर्यो भनेर मिति सहित सार्बजनिक गर्दा भोली भबिस्यमा समिक्षालाई बिहे गर्न गार्हो पर्छ की पर्दैन? यसरी कसैको लहैलहैमा वा उक्साहटमा लागेर समिक्षा माथी अन्याय हुदैछ। जसरी अरुलाई जलाउनु पुर्ब सलाईको काँटी आफै जल्नु पर्छ। यो सिद्दान्त समिक्षामा पनि लागु हुनेछ। पल शाहलाई नियोजित रुपमा फसाउनलाई दुर्गेश थापा सहित केही घिनौना ब्यक्तिहरुले उनलाई उक्साई रहेको अडियो टेप बाहिरीएको छ। जसमा भनिएको छ” पललाई फोन गरेर मेरो मिन्स रोकिएको छ, सबै सुटिङ क्यान्सिल गरेर आउनु भन्नु, अनि उस्ले बच्चा गिराईदेउ भन्छ, यी सबैकुराहरु उसलाई फसाउनलाई प्रमाण हुन्छ भनेर सिकाउदै गरेको र समिक्षा पनि उनीहरुसंगै प्लान गरिरहेकी अडियो सार्बजनिक भैसकेको छ।यहा पात्रको भन्दा पनि प्रबृतिको बिरोध मात्र गरेको हु। बरु जति सक्दो चाँडो जान अन्जानमा भएको गल्ती स्विकारी दुनियाको उक्साहटमा दिएको उजुरी फिर्ता लिएर गित संगीतमा लाग्नुमा नै समिक्षाको लागी श्रेययस्कर हुन्छ। किनकी सारा नेपाली जनताले थाहा पाई सकेका छन की यो कुनै बलात्कार नभएर समिक्षा कसैको गोटी बनेर पललाई सिध्याउने खेलमा लागेकी छन भनेर। पहिला पाएको दर्शको सान्त्वना अब समिक्षाले गुमाईसकेकी छन किनकी कोठा कोठामा बुनेका जाल र झेलका अडियो क्लिप्सहरु सार्बजनिक भैसकेका छन।
यसरी कसैको लहैलहैमा वा उक्साहटमा लागेर समिक्षा माथी अन्याय हुदैछ
मैले समिक्षाको बुबाले दिएको किटानी जाहेरी हेरे तर यहा कानुनका कुरा गर्नेहरुले केटी पक्षको जाहेरीवाला र पिडित केटीको सबै नाम परिबर्तित भनेर गोप्य राखेको छ, तर आरोपित पल शाहको तिन पुस्तेको नाउँ, घर गाउँ पलको फोन नम्बर नाम सहित प्रकाशित गरिएको छ। पल शाह त अहिले आरोपित मात्र हुन अदालतले अपराधी वा दोषी ठहर गरिसकेको छैन। कानुले त उनको पनि त गोपनियता कायम गर्नु पर्ने होईन र? यसरी मिलुन्जेल माया पिरती र नमिलेसी बलात्कार भनेर फसाईने प्रबृती देख्दा अब देखी बलात्कारको परिभाषामा परिबर्तन गर्नु पर्ने ठुलो टडकारो देखा परेको छ।
Navin BK
नबिन बि.क ( हाल अमेरीका)
केन्द्रिय सदस्य , चीन
प्रतिक्रिया