युक्रेनका राष्ट्रपतिले रुसी नेतृत्वले युक्रेनमा सैन्य आकस्मिक हमलालाई स्वीकृत गरेको बताएका छन । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले स्थानीय समय अनुसार बिहीबार बिहान आफ्नो आधिकारिक सामाजिक संजाल फेसबुक(अनुहार किताव ) खातामा प्रकाशन गरेको अनुसार रुसी नेतृत्वले युक्रेनमा सैन्य आकस्मिक हमलालाई अनुमोदन गरेको बताएका छन्।
“म सबै रूसी नागरिकहरूलाई सम्बोधन गर्न चाहन्छु। राष्ट्रपति भएर होइन । म रुसी नागरिकहरूलाई युक्रेनको नागरिक भनेर सम्बोधन गर्छु, ”जेलेन्स्कीले रुसी भाषामा भने।
‘हामीबीच दुई हजार किलोमिटर लामो साझा सीमा छ। तपाईहरुको सेना अहिले त्यो सिमानामा छन । लगभग २,००,००० सैनिकहरू। हजारौं सैन्य गाडीहरू।”
जेलेन्स्कीले थपे: “तपाईको नेतृत्वले उनीहरूलाई अर्को देशको इलाकामा कदम अगाडि बढ्नको लागि अनुमोदन गर्यो।”
युक्रेनका राष्ट्रपतिले निष्कर्ष निकाले, “यो कदम युरोपेली महाद्वीपमा ठूलो युद्धको सुरुवात हुन सक्छ।” उनले भने ।
प्रतिक्रिया