पुटिनले रुसी सेनालाई युक्रेनको पृथकतावादी नियन्त्रित क्षेत्रमा पठाउने आदेश दिए

इनेप्लिज २०७८ फागुन ९ गते २३:१५ मा प्रकाशित

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसी सेनालाई युक्रेनको पृथकतावादी नियन्त्रित क्षेत्रमा पठाउने आदेश दिएका छन् । पुटिनले सोमबार पूर्वी युक्रेनमा मस्को-समर्थित विखण्डित क्षेत्रहरूको स्वतन्त्रतालाई मान्यता दिने आदेशमा हस्ताक्षर गरेका छन् ।

साथै उनले रूसी सशस्त्र सेनाहरूलाई “शान्ति स्थापना कार्यहरू” भनिने क्षेत्रहरूमा पठाउन आदेश दिएका छन् ।

अमेरिकाले रूसी सेनाहरू आज राती वा भोली आफ्नो तथाकथित “शान्ति स्थापना” लक्ष्यको लागि डोनबासमा सार्न सक्ने अपेक्षा गरेको अमेरिकी गुप्तचरसँग परिचित एक वरिष्ठ अमेरिकी अधिकारीले बताए भनि सिएनएनले समाचार लेखेको छ ।

युक्रेनका विदेश मन्त्री दिमित्रो कुलेबाले स्थानीय समय अनुसार मंगलबार बिहान सबेरै सामाजिक संजाल मार्फत ट्वीट गर्दै संयुक्त राष्ट्र सुरक्षा परिषद्लाई तत्काल बैठक बोलाउन आग्रह गरेका छन्।

युक्रेनले रुसको गैरकानूनी कार्यका कारण संयुक्त राष्ट्र सुरक्षा परिषद्को तत्काल बैठक बोलाउन अनुरोध गरेको छ। हामीले परिषद्लाई अनुरोध पठाइसकेका छौं,’ कुलेवाले ट्वीट गरे।

प्रतिक्रिया