अमेरिका पुगेका नेपाली ७ पटक प्रफुल्ल ,दङ्ग ,मख्ख र हर्षित किन हुन्छन ?

विजय थापा २०७८ फागुन ८ गते २०:१८ मा प्रकाशित

 

सपनाको देश र अवसरको भूमि अमेरिका आउन चाहने मानिसको गणना नै गर्न सकिदैन । त्यो साध्य नै छैन । मोह दिनहु दिन बढी रहेको छ । संसारका केही राष्ट्रहरु इजिप्ट,जोर्डन ,टर्की ,रुस लगायत थुप्रैले अमेरिकालाई मन पराउदैनन ।

तर अमेरिका स्थायी बसोबास गर्ने सम्बन्धमा उनीहरुको फरक मत छ । देश मन नपराउनु भनेको एक कुरा हो ,तर आउन पाउनु भनेको अर्को कुरा हो । साम्राज्यवाद मुर्दावाद र चर्का नारा लगाएता पनि अमेरिका २०१० को गणना अनुसार इजिप्टका ३ लाख ,२०१४ को गणना अनुसार जोर्डनका ८० हजार,टर्कीका ३० लाख र २०२० को सर्वेक्षण अनुसार रुसका करिव ९ लाख मानिसहरु अमेरिकामा बसोबास गर्छन ।

अमेरिका आएर मातृभूमि नफर्की यतै बसोबास गरि नागरिकता लिएर बसेका छन् । इजिप्ट र जोर्डनले ८५ % ले मन पराउदैनन तर १० % ले मन पराउछन । रुसले ७१ % ले अमेरिकालाई मन पराउदैनन तर २३ % ले मन पराउछन । प्यु अनुसन्धान सङ्गठनले निकाएको तथ्याँकमा नेपालको तथ्यांक नै छैन ।

इजिप्ट र जोर्डनले ८५ % ले मन पराउदैनन तर १० % ले मन पराउछन ।

अमेरिकाको प्रवेशआज्ञा(भिसा) लागे देखि अमेरिकामा घर खरिद सम्म अमेरिका पुगेका नेपाली ७ पटक प्रफुल्ल ,दङ्ग ,हर्षित ,खुसी र मख्ख पर्दछन ।

मानिसको मनचिन्ते पुरा भए मानिस औधि खुसि हुन्छ l मानिस दंग पर्छन l खुसिको कुरा सुन्दा र हुँदा मानिस औधि हर्षित हुन्छन l

त्यसमा पनि सपनाको संसार अमेरिका आउन पाउँदा र आफुले ईक्षा गरेका कुराहरु प्राप्ति हुँदा मानिस अत्यधिक रमाउने गर्छन l र अमेरिका आई पुगेका नेपालीहरु अमेरिकाको बसोबासमा धेरै पटक रमाएता पनि ७ पटक जीवन भर नबिर्सने गरि खुसि हुन्छन l र जीवन भर त्यसलाई सम्झने गर्छन l

प्रथम ,प्रवेश आज्ञा(भिसा) :अमेरिका आउने र सपना बुन्नेहरुका लागी अमेरिका जान पाउने फलामे ढोका हो । अमेरिकी दुताबासले प्रवेश आज्ञाको टाचा लगाई दिने बितिकै जो कोही औधि हर्षित हुन्छन l खुसीको सीमा नै रहदैन l नेपाल मै हुदै अनेकौ परिकल्पनामा डुबिन्छ l के गरौ कसो गरुला भन्ने अनगिन्ती योजनाहरु मन मस्तिष्कमा आउदछ्न l अनि दंग पर्दै जे कुरामा पनि हास्न मन लाग्ने हुन्छ l अनि बत्तीस दाँत देखाएर नहासौ भन्दा पनि स्वत हासीन्छ l

दोश्रो ,अमेरिका अवतरण गर्दा : अवसरको भुमि अमेरिकामा पाउ टेक्ने बित्तिकै अत्यन्तै हर्ष लाग्छ l मन भित्रबाट खुसीले रमाएको हुन्छ l जे देखे पनि मन सकारात्मक हुन्छ l विदेश ,त्यसमा पनि अमेरिका आईयो भन्दै गदगद हुइञ्छ l आफन्त भेट्दा झन् मन कति हो कति खुसि हुन्छ l बिमान स्थलमा टेक्नासाथ भगवान पुगे भनि सम्झना गरिन्छ l अनुहार चहक हुन्छ l झोक्राएर आएको छ भने अनि अमेरिकामा प्रथम पटक जमिनमा खुट्टा टेक्दा निकै चरम आनन्द आउछ l ईश्वर तिमीले ल्याई देउ भनी पटक पटक संस्मरण गरिन्छ l मुसु मुसु हास्न मन लाग्छ l सोचेको भन्दा देश अति राम्रो लागेकोले निन्द्रा पनि कुम्भकर्ण जस्तै लाग्छ l

झोक्राएर आएको छ भने अनि अमेरिकामा प्रथम पटक जमिनमा खुट्टा टेक्दा निकै चरम आनन्द आउछ l

तेश्रो ,स्थायी आवासीय पत्र तथा सामाजिक सुरक्षा पत्र : अमेरिका आए पछि सबै भन्दा महत्वपूर्ण कुरा भनेको स्थायी स्थाआवासीय पत्र ( ग्रिन कार्ड)तथा सामाजिक सुरक्षा पत्र (सोसल सेकुरिटी कार्ड )को हुन्छ l यो भएन भने हात बाधिन्छ l काम गर्न नै पाइदैन l अमेरिका आएर समय अवधि भन्दा ज्यादा बसे गैर कानुनी हुन्छ l तसर्थ यी चिजहरु कसै गरि प्राप्त गर्न हरेक जुक्ति लगाएर प्राप्त गरे पछि जीवन को सबै भन्दा ठुलो कुरा हुन्छ l यी प्राप्त भए पछि अमेरिकाको माटोमा रमाएर बस्न पाइने हुन्छ l भीमकाय काम भएकोले हर्सोल्लास छाउछ l दंग परिन्छ l खुलेर हासिन्छ l

चौथो ,अमेरिकी जागिर खादा/पाउदा : हामी अमेरिका कमाउन आएकोले कमाउने भए पछि दंगको सीमा नै हुदैन l किनभने नेपालबाट काम गरेका र जीवनमा कहिले काम नगरेकाले पनि अमेरिकामा काम पाउने हुनाले दुवै पुरुष तथा महिलाको मन फुरुंग हुन्छ l के के नै गरे जस्तो पनि अनुभूति हुन्छ l ठूलो काम गरे जस्तो पनि लाग्छ l डलरको चस्का परे पछि प्रफुल्लित हुने गरिन्छ l डलर हप्ता र पन्ध्र दिनमा आए पछि एक प्रकारको उत्साह हुन्छ l अब भोकै मरिदैन र केही गरिएला जस्तो भान हुन्छ l परिवारको मुख्य मान्छेले कमाउने भएता पनि परिवार ले नै काम गर्ने भए पछि त्यो भन्दा खुशीको कुरा केहि हुदैन l यसरी एक पछि अर्को गरि राम्रो बन्दै जाँदा झन् खुसि नै खुशी लाग्दछ l

पाचौ ,सवारी अनुमति चालक अनुमति पत्र :

अमेरिकामा पैसा खुवाएर सवारी अनुमति चालक अनुमति पत्र पाईदैन l यसो गरेमा कारागार गइन्छ l गाडी हाक्न नेपाल भएता सरला भएता पनि ज्यादै गाडीको चाप भएकोले सवारी साधन चलाउनु भन्दा चालक अनुमति पत्र लिनु अत्यधिक ठुलो कुरा ठानिन्छ l नजानी चालक पत्र पाईदैन l कुदाउनै पर्छ र परिक्षा उत्रिन हुने पर्छ l लिखित परीक्षा र सडक परीक्षामा उत्रीण भए पछि युद्ध जिते जस्तै हुन्छ l त्यो भन्दा खुसिको ठुलो दिन अरु कुनै हुदैन l जति खेर पनि हास्न मन लाग्छ l ठूलो अड्को र तगारो पार लागे पछि मानिस दंग र फुरुंग हुन्छ l

छैठौ ,घर खरिद गर्दा : नेपाल छोडेर बसाई सरेको मानिसले अमेरिकामा घर खरिद गर्ने दाउमा हुन्छन l नेपालमा भएको घर बेच्ने र यहाँ लगानी गर्ने प्रचलन भएकोले उता सुकुम्बासी अवस्था पनि रहेकोले यहाँ थपथाप गरि घर किन्ने र जोड्ने भए पछि मानिस अत्यधिक खुसि देखिन्छन l नेपालमा घर भएता पनि यता सम्पत्ति जोडिने भएकोले मानिसको मुहारमा बेग्लै चहक आउछ l प्रफुल्ल हुनु मामुली कुरा हुन्छ l घर किने पछि आनन्द लाग्दछ l मख्ख परिन्छ l बत्तीस दन्त देखाउदै हासिन्छ र दंग हुइञ्छ l

सातौ ,नागरिकता : अमेरिका आउने अधिकांसले नागरिकता लिने कोसिस गर्छन l न्युनतमले हरियो पत्र (ग्रीन कार्ड )मात्र लिने गर्छन l स्थायी आवासीय पत्र प्राप्त गरेको ५ बर्ष पछि अमेरिकाको नागरिकता पाउने हुन्छ l नागरिकता पाए पछि त्यो भन्दा ठुलो दिन केहि हुदैन l मानिस मक्ख पर्छन l अत्यधिक हर्ष लाग्छ l मुसु मुसु र खित्का छोडेर हास्न मन लाग्छ l जीवनको अन्तिम लक्ष्य प्राप्त भएकोमा अनुहारको रंग नै बदलिन्छ l

यसरी अमेरिकामा बसोबास गर्ने नेपाली जीवनमा ७ पटक बत्तीस दन्त देखाउदै दंग हुन्छन l यसको अनुभूति स्वयम् लेखक पनि रहेको छ l तर यतिमा मात्र दंग र बत्तीस दाँत देखाई हास्ने मात्र हैन अन्य उपलब्धिमा पनि खित्का छोडेर हास्ने गर्छन l तर यी ७ वटा निकै महत्वपूर्ण रहेका छन् l

विजय थापा

ईनेप्लिजका सम्पादक हुन । उनका थुप्रै थुप्रै लेखहरु ईनेप्लिजमा प्रकाशित भएका छन । हरेक दिन अमेरिकी मूलधार,सामुदायिक र बिश्व समाचारहरु निरन्तर र अविरल रुपमा लेखि रहन्छन ।

प्रतिक्रिया