म्याक्रोनले पहिला पुटिनसँग त्यसपछि जेलेन्स्कीसंग “रुसी आक्रमण रोक्नको अन्तिम प्रयास” स्वरुप दूरवार्ता गरे

इनेप्लिज २०७८ फागुन ८ गते १४:०२ मा प्रकाशित

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले आइतबार बिहान आफ्ना रूसी र युक्रेनी समकक्षीहरूलाई “युक्रेनमा रूसी आक्रमण रोक्नको लागि अन्तिम प्रयास” स्वरुप दूरभाष गरेको एलिजे दरबारले एक विज्ञप्तिमा जानकारी गराएको छ ।

फ्रान्सेली राष्ट्रपति कार्यालयका अनुसार, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको लामो दूरवार्तापछि म्याक्रोनले युक्रेनका भोलोडिमिर जेलेन्स्कीसँग ३० मिनेट कुरा गरे।

“राष्ट्रपति पुटिनसँगको दूरवार्ता १ घन्टा ४५ मिनेट चल्यो,” एलिजे दरवार( प्यालेस)ले भन्यो।

कुराकानी फ्रान्सेली राष्ट्रपतिले पहिले जेलेन्स्कीसँग कुरा गरेको एक दिन पछि आएको हो भनि सिएनएनले समाचार लेखेको छ ।

प्रतिक्रिया