विराटनगर,८ फागुन।प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार काकीले प्रजातन्त्र दिवस–२०७८ को उपलक्ष्यमा आज विहान यहाँ एक पिण्ट रक्तदान गर्नु भयो।
मोरङका प्रमुख जिल्ला अधिकारी कोशीराज दाहालको संयोजकत्वमा गठित प्रजातन्त्र दिवस मूल समारोह समितिको आयोजनामा नेपाल रेडक्रस सोसाइटी र कोशी अस्पतालको संयुक्त संयोजनमा अस्पतालमाको प्राङ्गणमा आयोजित खुल्ला रक्तदानमा मन्त्री कार्कीले रक्तदान गर्नु भएको हो।
सो अवसरमा अस्पतालका चिकित्सक,स्वास्थ्यकर्मी,निजामती कर्मचारी,सशस्त्र प्रहरी एवंं सर्वसाधारणले रक्तदान गर्नु भएके छन्।
कार्यक्रममा प्रजिअ दाहाल,सहायक प्रजिअ शरदकुमार पोखरेल,मन्त्रालयका कर्मचारी,अस्पतालका चिकित्सक,स्वास्थ्यकर्मी एवं सर्वसाधारणकोहरुको उपस्थिति रहेको थियो।रक्तदान अहिले सञ्चालन भैरहेको छ।
प्रजातन्त्र दिवस फागुन ६,७ र ८ गते भव्य रुपमा मनाउने कार्यक्रम अनुसार आज अन्तिम दिन रक्तदान कार्यक्रमको आयोजना गरिएको छ।
दिवसको उपलक्ष्यमा यस अघि नगरको सरसफाई,घरघरमा दिपावली,सार्वजनिक स्थानमा राष्ट्रिय झण्डा फहराउने,वृद्धाश्रम,मानवसेवा आश्रममा फलफूल वितरण,अन्तरसम्वाद लगायतका कार्यक्रम सम्पन्न भै सकेको छ।
प्रतिक्रिया