नब्बेको दशक देखि अमेरिकामा नेपाली समुदायको जन घनत्व बिज गणतीय रुपमा वृद्धि भएको छ । र,यो क्रम निरन्तर चलि रहेको छ । कसैले छेक्न र थाम्न नसकिने देखिएको छ ।
मुलुकमा गणतन्त्र आएता पनि राजनैतिक अस्थिरता ,अन्यौल ,आर्थिक अधोगति तर्फ उन्मुख ,बेरोजगारी ,कुर्सी र सत्ता टिकाउने बाहेक दलहरुले जनताको जीवन उकास्ने र देश बिकाशमा कुनै सरोकार नराख्ने पछि बसाई सराई तेज भएको छ ।
कुनै पनि युवा स्वदेशमा बस्न नचाहने र प्रथम रोजाईको राष्ट्र अमेरिका आउन चाहन्छन । पछिल्लो एमसीसी सम्झौता र यस प्रति खेलिएको फोहोरी खेलले अब मुलुक कुन तर्फ जाने हो र देश आर्थिक भुमरीको खाडलमा पर्ने हो की भन्ने आशंका देशको सम्वृद्धि चाहनेहरुले चिन्ता व्यक्त गर्नु स्वाभाविक हुन्छ ।
बिबिध कारणले अमेरिका आएकाहरुलाई अब उनीहरुले बनाएका नेपालका घर उनीहरुको लागि टाउको दुखाई भएको छ । नेपालमा रहेको घर कसरी बेच बिखन गरि यहाँ लगानी गर्ने बिषयमा अब नेपालीहरु लागी सकेका छन । अब मातृभूमिमा भन्दा कर्मथलो मै लगानी नडुब्ने र लगानी सुनिस्चित हुने हुँदा उता बेचेर यता लगानी तिब्र वृद्धि भएको छ।
अनुदान दिएको रकम नलिई ब्याजमा ऋण लिई जनताको टाउकोमा ऋण बोकाउने मानसिकता भएका नेताहरुले आर्थिक रुपमा मुलुकलाई कुन तर्फ धकेल्ने हो त्यो समयले बताउने छ । बिदेसिएका नेपालीहरुले केवल मुक दर्शक भएर हेर्ने छन् ।
मुलुक झन् अन्यौल र अनिश्चितताको भुमरीमा धकलिदै छ l यस्को प्रभावले मुग्लान पस्ने क्रम तेज भै रहेको छ l जे जस्तो कारणले अमेरिका भासिएका नेपालीलाई अब नेपालको आफ्नो पौरखले बनाएको घर घाडो बन्दै छ l पैतृक सम्पत्ति टाउको दुखाई हुन् थालेको छ l आफुले पत्याएकाले पनि धोकाधडी दिने मानिसको कमि रहेन l बिश्वासघातका शृंखला बढ्दै गएकोले अब अमेरिकामा घरजम गरेकाले धमाधम नेपालको सम्पत्ति बेच बिखन गर्दै अमेरिकामा लगानी गर्ने क्रम अत्यधिक बढ्न थालेको छ l
मुलुक झन् अन्यौल र अनिश्चितताको भुमरीमा धकलिदै छ l यस्को प्रभावले मुग्लान पस्ने क्रम तेज भै रहेको छ l
अमेरिका आएकाले अब नेपाल सरकार तथा राजनैतिक दलसंग विश्वास गर्न छोडेका छन् l आस्था मारेका छन् l अस्थिरता ,अन्यौल वातावरण ,बेरोजगारी ,राजनैतिक अस्थिरता ,राजनैतिक खिचातानी ,हड्ताल ,बन्द बाट आजित भएर बिदेशिएका नेपालीहरु अब स्वदेशमा लगानी भन्दा कर्मथलोमा लगानी गर्ने क्रम ज्यादै बढेको छ l
देशभक्ति र राष्ट्रियताले मुखमा माड लगाउन नपाइने ठानी बिदेशिनु बाध्यता भएको छ l नेपालमा आफुले निर्माण गरेको घर बेची उक्त रकमले अमेरिकामा थपथाप गरि गक्ष्य अनुसारको घर किन्ने मानिसको ऒइरो छ l अब नेपालमा सम्पत्ती राखी अरुलाई पोस्नु झैँ हुने भएकोले त्यो झन्झटबाट अमेरिका छिरेका मानिस मुक्त हुन् चाहन्छन l
नेपाली समुदायले घर या पैतृक सम्पत्ति बेचेर अमेरिकामा ब्यापारमा लगानी गरि राम्रो कमाई गर्ने थुप्रै नेपाली छन् l ३ दशक र २ दशक अगाडी जस्तो यता कमाउने र नेपालमा घर जोड्ने काम अत्यन्तै न्यून हुदै गई रहेको छ l अमेरिकामा बोरामा कमाएर नेपालमा सम्पत्ति जोड्ने पनि न्युनतम भेटिन्छन l तर अधिकांस नेपालीहरु अमेरिका टेके पछि नेपालमा फर्केर केहि गरौला भन्ने समुदाय बिस्तारै कम हुदै गइ रहेको छ l
अब नेपालमा घर छोडेर जिम्मा लगाएर आएका संग अमेरिकामा बसी जोरी खोज्न सक्दैनन् l आफुले भाडामा राखेको मान्छेलाई फकाएर महिना काट्ने बित्तिकै अमेरिकाबाट सम्झाउनु पर्ने स्थिति नेपाली समुदायले भोगी रहेका छन् l भाडा नतिरेर प्रहरी लगाउनु पर्ने अवस्था पनि परेका कैयौ घरहरु छन् l उता घर चुहिएर ,बिग्रेर ,मर्मत गर्नु पर्ने भनि बर्षेनी आउने घर बहाल भन्दा ज्यादा अमेरिकाबाट मुद्रा पठाउन बाध्य भएका कैयौ नेपाली भेटिन्छन l
उता घर चुहिएर ,बिग्रेर ,मर्मत गर्नु पर्ने भनि बर्षेनी आउने घर बहाल भन्दा ज्यादा अमेरिकाबाट मुद्रा पठाउन बाध्य भएका कैयौ नेपाली भेटिन्छन l
काक्रा लाई थाक्रा दियो थाक्रै धनि भने झैँ बहालमा बस्ने साहु भन्दा पनि कडा बोलेर थर्काउने गर्छन l सबै भन्दा झगडाको काल अमेरिका गएका छन् डलरको खेति गर्छन भन्दै उनीहरुलाई द्रब्यको के कमि भनि सोची दिदा ठुलो कलह भै दिन्छ l यस्ता कैयौ घटना भएका छन् l घर बहालमा दिए पछि घर नछोड्ने र बहाल पनि नदिने पनि कैयौ भेटिन्छन l अमेरिका गएकालाई पैसाको के कमि भनि आलटाल गर्ने र धुरुक्क रुवाए पछि मानिसलाई नेपालको घर भालुको कन्पट झैँ हुन् थालेको छ l त्यति मात्र हैन घरहरु बिगार्ने र हेर्ने नहुने समेत गर्ने गरेका छन् । अर्काको घर भने पछि साहुले बनाउनु पर्छ भनि झन् केही नर्गनेको पनि कमी अब रहेन । उनीहरुको घर हेरी दिएका छौ भन्ने ठाने पछि घर बहालमा बस्नेले धर्मशाला समेत बनाएका छन ।
अमेरिकाबाट संचार माध्यम बाट कुरा गर्न खोज्यो बेपत्ता र घन्टी नै न उठाए पछि टाउको दुखाई नै भएन l यस्तो प्रकारको बदमासी भै दिने गरेकोले अमेरिका आएका मानिसले अब नेपाल फर्कने भन्दा खुरुक्क बेच्ने गर्छन l नेपालमा घर या पैतृक सम्पत्ति बेची अमेरिकामा राख्दा धेरै फाईदा हुने हुनाले मानिसले नेपालमा घर बेच्ने गति तिब्र भै रहेको छ l बृद्ध भएका आमा बुवालाई समेत अमेरिका ल्याउने क्रम बढ्दै गएको छ l
यस्तो प्रकारको बदमासी भै दिने गरेकोले अमेरिका आएका मानिसले अब नेपाल फर्कने भन्दा खुरुक्क बेच्ने गर्छन l
अचानाको चोट खुकुरीलाई थाहा हुँदैन भने झैँ नेपालमा घर छ भन्दा अझ बेचेको छैनस भनि सुझाब र सल्लाह दिने गरिन्छ l अहिलेको एमसीसीको झैँ ताल रहेमा कालान्तरमा देश रहला की नरहला भन्ने बिदेशिएका नेपालीहरुले सोच्न बाध्य हुनेछन् । किनभने अनुदान केही दिनु नपर्ने अमेरिकी ऋण चै नलिने तर ब्याजमा चीनबाट ऋण लिने हामी नेपाली बिश्वकै बहादुर हौ की हामी पटमुर्ख हौ ।
कुनै देशले नेपाल हड्पियो भने भएको घर निल्नु न ओकल्नु हुन्छ भन्ने तर्फ पनि डर पस्न थालेको छ l घर बहालमा बस्ने मानिसले आफ्नो सम्पत्ति झैँ गरि नाना थरि गरे पछि घरसाहुलाई अमेरिकामा रक्तचाप बढ्ने पनि हुन्छ l पैसा पनि नतिर्ने घर पनि नछोडे पछि तनावमा समेत रहेका छन ।
अब मानिस पहिले को जस्तो एकै ठाउँमा बसी रहनु पर्ने छैन भने मानसिकता लिएर हिदैनन l आफ्ना सम्पूर्ण सन्तान अमेरिका भएकोले नेपालको घर घाडो भै दिनाले अमेरिकामा भासिएका मानिस खुसि साथ बेच्न तयार छन् l
भटाभट बेची रकम अनेक उपाय द्वारा ल्याई रहेका छन् l यो क्रम बढ्दो छ l निरन्तरता हुनेछ l
ईनेप्लिजका सम्पादक हुन । उनका थुप्रै थुप्रै लेखहरु ईनेप्लिजमा प्रकाशित भएका छन । हरेक दिन अमेरिकी मूलधार,सामुदायिक र बिश्व समाचारहरु निरन्तर र अविरल रुपमा लेखि रहन्छन ।
प्रतिक्रिया