सोमाली शहरको व्यस्त चमेनागृहमा विष्फोट हुँदा १५ जनाको मृत्यु, २० घाइते

इनेप्लिज २०७८ फागुन ७ गते १४:४९ मा प्रकाशित

 

सोमाली शहरको एक व्यस्त चमेनागृह (रेस्टुरेन्ट)मा विष्फोट हुँदा १५ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन ।

सोमालियाको हिरान क्षेत्रको राजधानी बेलेडवेनमा खाजा खाने समयमा भीडभाड भएको चमेनागृह (रेस्टुरेन्ट)मा आत्मघाती आक्रमणकारीले विस्फोटक गन्जी (भेस्ट )विस्फोट गराउँदा कम्तीमा १५ जनाको मृत्यु भएको प्रहरीले जनाएका छन् ।

मृतक अधिकांश नागरिक भएको र अन्य २० जना घाइते भएको प्रहरी प्रवक्ता डिनी रोबल अहमदले एसोसिएटेड प्रेस(एपी) लाई दूरभाषमा बताए ।

विष्फोटबाट ठूलो क्षति भएको उनले बताए । अल-शबाब चरमपन्थी समूहले जिम्मेवारी लिएको छ भनि एबिसीन्यूजले समाचार लेखेको छ ।

प्रतिक्रिया