ब्राजिलको पहिरोमा परी कम्तीमा ९४ जनाको मृत्यु , दर्जनौं अझै बेपत्ता

इनेप्लिज २०७८ फागुन ५ गते १२:१० मा प्रकाशित

ब्राजिलको पहिरोमा परी कम्तीमा ९४ जनाको मृत्यु भएको छ भने दर्जनौं अझै बेपत्ता छन् ।

रियो दि जेनेरियो राज्यको सरकारले पेट्रोपोलिस शहरमा आएको पहिरोमा परी कम्तीमा ९४ जनाको मृत्यु भएको पुष्टि गरेको छ, तर कति शव माटोमा फसेका छन् भन्ने अझै स्पष्ट भइ नसकेको जनाएको छ ।

तर परिवारहरूले आफ्ना मृतकहरूलाई गाड्ने तयारी गरे पनि, बिहीबार कति शव माटोमा फसेका थिए भन्ने कुरा स्पष्ट नभएको एबिसीन्युजले समाचार लेखेको छ ।

पहाडमा रहेको जर्मन-प्रभावित शहरका नगर प्रमुख मेयर रुबेन्स बोम्टेम्पोले बेपत्ता भएका व्यक्तिहरूको सङ्ख्याको अनुमान समेत प्रस्ताव गरि नसकेको बताए ।

“हामीलाई यसको पूर्ण जानकारी छैन ,” र यो कठिन दिन थियो बोमटेम्पोले बुधबार एक पत्रकार सम्मेलनमा भने।

मङ्गलबार बिहान आएको घातक बाढीको २४ घण्टाभन्दा बढी समय पछि बाँचेकाहरूका हराएको प्रियजनहरू खोज्न उत्खनन गरिरहेका छन् रियो दि जेनेरियोको सार्वजनिक अभियोजकको कार्यालयले बुधवार राति एक विज्ञप्ति जारी गरि ३५ जना व्यक्तिको सूची तयार गरेको बताएको छ ।

तर अझै पत्ता लगाउन बाँकी रहेको उल्लेख गरेको छ ।

बुधबार बिहान घरहरू माटोमुनि गाडिएका थिए भने उपकरण र कारहरू सडकमा थुप्रिएका थिए।

प्रतिक्रिया