नामाकरणमा प्रदेश २

बीरकाजी बस्नेत २०७८ फागुन ५ गते २:०८ मा प्रकाशित

केही समय अघी प्रदेश नं २ नामाकरण र राजधानी तोकिएको कुरा चर्चित भयो । मधेश भनी तोकिएको नामले त्यस क्षेत्रको पहिचान र बिगत तराइ आन्दोलनको मर्मलाई समेटेको भनी एकथरी यसका पक्षधरहरुले सार्वजनिक बिदा सहित हर्सोल्लास मनाए।कतिपयहरुले बिरोध पनि जनाए र राजधानीको बिषयलाई लिएर उक्त प्रान्तको मुख्य मन्त्रिको घरमा ढुङ्गा मुढा पनि गरे।ईतिहासमा उक्त क्षेत्रका जनकपुर,सिम्रौनगढ र लुम्बिनी वरीपरी केही घना बस्ती र अन्यत्र औलोको सामाना गर्न सक्षम थारु बस्ती लगायत बस्तीहरु थिए।

अधिकांस क्षेत्रमा घना जंगल थियो।उक्त जंगलमा नेपाली सासक र पाहुनाको रुपमा आएका इस्ट इन्डिया कम्पनीका सासकले सिकार गर्दथे।त्यो घना जंगल अंग्रेजले बिहार लगायतका क्षेत्रमा रेल्वेलिक निर्माण गर्नका लागि ब्यापक फडानी गरेर लगे।औलो उन्मुलन भए पछी केही पहाड बाट बसाइ सराइ भयो र त्यहाको बस्ती बिस्तारका साथ महेन्द्र राजमार्ग निर्माणको क्रममा मजदुरी गर्न आएका बिहारीहरु पनि रुपरङ ,भासा ,जात ,धर्म र गोत्र समेत मिल्ने भएकाले यतै स्थाइ बसोबास गर्न थाले भने कतिपय जमिन शासकहरुको मौजा बने। त्यस क्षेत्रमा जमीन्दारी गरेर खाएका हरु राजा महेन्द्रको भुमी सुधार र जगाको हदबन्दी कायम पछी बिस्तारै राजनीतिलाई खाइजिबिकामा परिवर्तन गरे।समय क्रममा भएका राजनीतिक परिवर्तन सगै माओवादीले युद्धमा भास्य बनाएको मुक्ती मोर्चामा उक्त क्षेत्र पनि परे।

फोरम नामको गैर सरकारी संस्था राजनीतिक पार्टिमा परिबर्तित भएर अनी गौर हत्याकाण्ड पस्चात उपेन्द्र यादबको समुह राजनीतिमा उदायो।उक्त समुहले मधेसमा बिभेद भएको भन्ने नारालाई राम्रो सँग बिक्री गर्‍यो।त्यस्तै त्यहा घुलमिल भएर बसेका पहाडी मुलका मानिस हरुलाई सासक जातिको नारा दिएर पहाडी खेदो अभियान सुरु भयो।त्यस छेत्रमा कार्यरत कर्मचारी र शिक्षक जो पहाडी मुलका थिए छानी छानी हत्या गर्ने अनी मनोबैज्ञानीक आतंक खडा गरी सस्तोमा घर जग्गा हात पार्दै भगाउ अभियानलाई निरन्तरता दिने काम भयो।त्यस्तै सुरुमा केही समस्याको रुपमा रहेको नागरिकताको समस्यालाई उठाएर तीन ब्यक्ती सिफारिस नागरिकता बितरण अभियान चलाऊने काम भयो।

दोस्रो चरणमा जनसंख्याको आधारमा चुनाव क्षेत्र अनी समग्र समथर तराइ भुमिलाई एक मधेस एक प्रदेशको नारा सुरु भयो तर जनसंख्याको अनुपातमा प्रान्त निर्माण भन्ने कुरा भने उठेन।पटनाको भेला बाट रामराजा सिंह लाई उक्त क्षेत्र समेटेर स्वतन्त्र देश बनाइ त्यसको प्रथम राष्ट्रपती बन्ने प्रस्ताब गरिएको तर उनले अस्विकार गरेको कुरा आयो।त्यस्तै गोइत समुह,ज्वला सिंह समुह र पछील्लो समयमा सि के राउत समुहले पनि अलगबादको राजनीति गरेकै पनि हुन।

यता भारतीय दुताबासले मुलपार्टिमा रहेका मधेसी समुहका नेता भेला गरी र पूर्व सद्भावना पार्टिमा रहेका समुहको तराइ मधेश लोक्तान्त्रिक पार्टिको निर्माण पनि भयो।यस् पछी महेन्द्रिय राष्ट्रबाद लागु भएकोले बहुरास्ट्रिय राज्य वा महेन्द्र चौधरिय राष्ट्रबाद हुनु पर्ने भास्य पनि बेला बेलामा उठ्ने गरेको छ।त्याग भन्दा पनि मधेस आन्दोलनमा मारिएका हरुको भावनात्मकता लाई बजारीकरण गरेर केही बेरोजगारहरुले पनि राजनितिको जागिर खान पाएकै छन।ऐतिहासिकता र पहिचानलाई स्विकार गर्दा उक्त क्षेत्र मिथिला सभ्यता बिरासत बोकेको भुछेत्र हो ।मिथिला वा बिदेह वा तिरहुत वा जनक सिता सम्बन्धी नामले उचित प्रतिनिधीत्व गर्न सक्थ्यो।नेपालको ईतिहासको मुख्य कालखण्ड हरुमा तराइ मधेश मुलको राजनितिक नेत्रित्व थियो ।काठमाडौं उपत्यकाको बस्ती बिकास पनि कृष्णका साथ आएका ग्वाला र पछी महिसपाल हरुबाट भएको एकथरी मत छ।

लिच्छबी र गुप्तहरु पनि दक्षिण तिर बाट नै आएर शासन गरेका थिए।मल्लकालमा सिम्रौन गढ ध्वस्त भए पछी आएका हरिहर सिंहका खलकले राजकाज हात परेका थिए।त्यस्तै शाहकालमा पनि पशुपतीको दर्शन गर्न आएकी तिरहुतिया बिधुवा ब्राह्मणी कान्तिमती सँग राजा रण बहादुर शाह मोहित भएर बिहे गरेका थिए।उनी बाट जन्मेको सन्तानलाई क्रम तोडी राजा बनाएकाले ग्रीवाण युद्ध बिक्रम शाहको पाला बाट शाह राजा हरु बिक्रम कहिन थालेका हुन।

त्यस पछीका हरेक राजनीतिक परिवर्तन पछीका सरकारहरुमा मधेसिहरुको प्रतिनिधित्व कहिले पनि नछुटाएको अवस्था बिद्यामान छ।यस् अघिका क्षेत्र केन्द्रित खुलेका राजनितिक दलहरु पनि तराइ कांग्रेस वा सद्भावना नामधारी हुने गरेका थिए। जनसंख्याको आधारमा राज्यका निकायहरुमा प्रतिनिधित्व खोज्ने अनी समानुपातिकताको नारा दिनेहरुको नेत्त्रित्वमा रहेको मधेशको प्रादेशिक सभामा गैर मधेशिको समानुपातिक प्रतिनिधित्व किन नगरिएको होला एक पहेलु भएको छ।समग्र देशको कुरा गर्नेहो भने प्रशासनिक र रक्षा क्षेत्र तराइ बाशिको प्रतिनिधित्व केही कम भए पनि प्राबिधिक क्षेत्र बहुमत प्रतिनिधित्व भएको र कतिपय बिहार तिरको सर्टिपिकेटधारी अवस्था रहे भएको भए पनि देशै भर शिक्षाको छेत्रमा राम्रै रोजगार उपलब्ध भएको पनि हो।

आन्दोलनका क्रममा त्यस क्षेत्रको कुनै ठाउमा राष्ट्रिय झण्डामा अग्निदोहन गर्ने,बिदेशी समर्थक प्ले कार्ड बोकेर नारा जुलुस गर्ने ,प्रदेश सभामा हिन्दी भाषालाई कामकाजी भासा बनाउन खोज्ने,दौरा सुरुवाल र ढाका टोपी पोसाक प्रदेश सभामा अघोसित प्रतिबन्ध लगाउने,बिरगन्ज महाबाणिज्य दुताबासलाई हेड्क्वाटर बनाएर सल्लाह र निर्देश्नमा सिमापारी बाट देश तिर ढुङ्गा हाने हरुको लोयाल्टी कता हो र भागीदार भन्नु पर्ने हो कि होइन भन्ने प्रश्न पनि छ।कर्ताको नेत्रित्व गर्ने उपेन्द्र र त्यतिबेलाको पीडित परिवारको आस्थाको नेत्रित्व गरेका बाबुराम बिच औपचारिक वा अनौपचारिक रुपमा गौर कण्डको चर्चा सम्म हुने गर्दछ कि गर्दैन होला ??

-बीरकाजी बस्नेत

प्रतिक्रिया