समाजवादी प्रेस संगठन प्रदेश अध्यक्षमा पोखरेल

इनेप्लिज २०७८ फागुन ४ गते २२:१५ मा प्रकाशित

विराटनगर, ४ फागुन । समाजवादी प्रेस संगठनको आज यहाँ भएको प्रदेश नं १ स्तरीय प्रथम भेलाले बन्धु पोखरेलको अध्यक्षतामा प्रदेश कमिटी गठन गरेको छ।

कमिटीको उपाध्यक्षद्वयमा राजेन्द्र पोखरेल र ज्ञानु घिमिरेलाई चयन गरिएको छ।

यसैगरी सचिव, सह सचिवत्रय र कोषाध्यक्षमा क्रमशः भोला श्रेष्ठ, राजकुमार दाहाल, राजकुमार खाती, सुखिलाल चौधरी र रंगीता गजमेर रहनु भएको छ।

यस्तै सदस्यहरूमा अनिता भट्टराई, जय राइर्, शान्तिराम नेपाल, पप्पु यादव, मुस्ताक आलम, स्वर्णिमहाङ फोम्बो, किशोर उपरकोटी, रविन्द्र चौधरी, खेम दाहाल चयन हुनु भएको छ।

यसैगरी ध्रुव भट्टराईको अध्यक्षतामा मोरङ जिल्ला कमिटी आज यहाँ गठन गरिएको छ।

कमिटीको उपाध्यक्ष,सचिव, सहसचिवद्वय र कोषाध्यक्षमा क्रमशः सन्तोष राजवंशी ,उत्तम पोखरेल, मिलन अधिकारी, छविराज ढकाल र विमला रेग्मीलाई चयन गरिएको छ।

यस्तै सदस्यहरुमा टिकाप्रसाद गौतम, प्रदीप काफ्ले,कविता कोइराला, यसोदा कार्की,पार्वती कटुवाल, विना ढुंगेल, रिया खड्का,निर्मला ढुंगाना,स्वस्तिका भट्टराई,विवेक न्यौपाने र निरज मल्ल रहनु भएको छ।

प्रतिक्रिया