आफू अमेरिका आउने तर अरु नआए हुन्थ्यो भन्ने किन हामीले सोच्नु नहुने

बिजय थापा २०७८ फागुन २ गते २३:३३ मा प्रकाशित

लेखकले शीर्षक नै नमिलाएको हो की जस्तो पनि लाग्न सक्छ । आफू अमेरिका आएता पनि अरू पनि आउन र सबैले अवसर पाउन भन्ने मानिस बत्ति बालेर खोज्नु पर्छ भन्दा पंक्तिकारलाई कुनै दुख लाग्दैन ।

अर्थात् आफू अमेरिका आए पछि अरुले पनि मौका पाउन भन्ने सोच्ने मानिसहरुको संख्या धेरै नहुन सक्छ । तर सोच्नेहरु पनि धेरै छन् । अरुलाई नसोचे पनि आफ्ना नजिकका परिवार ,आफन्त नातेदार,साथीभाई आउन भन्ने चाहना राख्ने मानिसहरु पनि धेरै छन् ।

तर अमेरिका आएका मानिसहरु धेरै स्वार्थीहरु पनि हुन् सक्छन । आफू आएता पनि अरुले मौका नपाउन भन्ने कसैले सोच्दैनन होला तर पनि हामी सानो देशबाट आएका र अवसरको भूमिमा आफ्नो र परिवारको भविश्यको लागि हामीले यस्तो कदापी सोच्नु हुदैन ।

आफू अमेरिका आएका नेपालीहरुले अरू नआउन भन्ने विचार मात्र उब्जिन्छ भने त्यो राम्रो संकेत र राम्रो दृष्टिकोण हैन । शायद ,हामी नेपालीहरुले यस्तो सोच्ने परिकल्पना पनि गर्दैनौ ।

अवसरको भुमि अमेरिकाले हरेकलाई मोहनी लगाएको छ l यसको चुम्बकीय शक्तिले सबैलाई आकर्षित गर्दछ l आफू अमेरिका आउन हरेक जुक्ति लगाउने तर अरुलाई न आए पनि हुन्छ जस्तो गर्ने सोचाई नै षडयन्त्र नै हो l यस्तो सोचाई अमेरिका भासिएकाले गर्छन भने दरिद्र मानसिकता कहलिन्छ l किन हामीले नेपालीलाई नआए हुन्छ जस्तो धारणा अभिव्यक्त गर्ने l

आफू अमेरिका आउन हरेक जुक्ति लगाउने तर अरुलाई न आए पनि हुन्छ जस्तो गर्ने सोचाई नै षडयन्त्र नै हो l

किन हामीले संकुचित विचार राख्ने l धेरैलाई यस्तो लाग्न पनि सक्छ । अमेरिका नेपालीहरु आए भने नेपाल जस्तो बनाउलान । नेपाल जस्तो लथालिंग पार्लान भन्ने सोच आउन सक्छ । नेपालीहरुले अमेरिका आधा ढाके अमेरिकालाई केही फरक पर्दैन l

किनभने निरन्तर गैर कानुनि रुपमा दक्षिण अमेरिकी देशबाट करौडौ आप्रवासीहरु सिमा पार गरेर आएको आयै छन् l यति मानव तस्कर हुन्छ कि जस्को हामी परिकल्पना पनि गर्न सक्दैनौ l कोरोना माहामारीमा समेत जीवनको पर्वाह नगरी ज्यान हत्केलामा राखेर लाखौ लाख मानिस गैर कानुनी रुपमा आई रहेका छन् । त्यो कहिले रोकिदैन ।

हामी नेपालीहरुले नेपालीहरुलाई अमेरिकाले आउन दिन्छ भने सबैलाई दिओस भन्ने कामना गरौ l त्यो अमेरिकाको आफ्नो इच्छाको कुरा हो l विविधता चिट्ठा कहिले न तुहियोस l अमेरिका जान ईक्षा गर्ने नेपालीले अमेरिका रमाएर जान पाउन l र ,अमेरिकाको सपना देख्ने सबै अमेरिका आउन पाउन भन्ने प्रार्थना गरौ ।

र ,अमेरिकाको सपना देख्ने सबै अमेरिका आउन पाउन भन्ने प्रार्थना गरौ ।

अमेरिकामा जताततै नेपाली नै नेपाली देखे पछि हामी किन आत्तिने ? हाम्रो के जान्छ ? अमेरिका आउन चाहने हरेकलाई ईश्वरले हेरुन l आउन तिब्र ईक्षा हुने नेपालीलाई जसरी भए पनि यो देशको भुमिमा टेकाई देउ l यो पंक्तिकारको सबैलाई शुभकामना दिन चाहन्छ l अमेरिका आउने मनचिन्ते पुरा होस् l

अमेरीका आफु अनेकौ तिकडम गरेर आउने तर आफन्त ,साथीभाई ,ईष्टमित्र ,परिवार चाही नआए पनि हुन्छ जस्तो कदापी गर्नु हुदैन l त्यो नकारात्मक सोचाई ठहर्छ l आफू भलो त जगतै भलो किन नसोच्ने l परिवारको एक जना मात्र अमेरिका छिरेको छ भने उसले सात पुस्तालाई पुन्य गरेको हुन्छ l

अमेरिकामा मानिसले चाहनु मात्र पर्छ जे पनि गर्न सक्दछ किनभने अमेरिकामा हरेक कुरा सम्भव हुन्छ l अमेरिका भनेको अमेरिका नै हो l जीवन उद्धार गरि दिने देश हो l मानिस बनाउने देश हो l परिवार बनाई दिने मुलुक हो l सबैलाई काम दिलाई दिने अत्यन्तै राम्रो राष्ट्र हो l

जीवन उद्धार गरि दिने देश हो l मानिस बनाउने देश हो l परिवार बनाई दिने मुलुक हो l

दुई कारणले आफू आएर पनि अरु न आउन जस्तो लाग्न सक्छ l आफुले धेरै दुख गर्नु पर्ने भएकोले अरुलाई त्यस्तो पिडा नहोस भन्ने पवित्र र सकारात्मक सोचाई पनि हुन् सक्छ l अर्को कारण ईर्षा तथा डाहा भएर पनि नआउन भन्ने चाहना पनि हुन् सक्छ l आफू आई सके पछि अरुलाई निरुत्साहित गर्नु भन्दा उत्साहित गर्नु नै बेश भन्ने यो पंक्तिकारलाई लागेको छ l

अमेरिकाको क्षेत्रफल नेपाल भन्दा झन्डै ६७ गुणा ठुलो भएकोले जति नेपाली आए पनि अमेरिकाले थाम्दछ l

अमेरिकामा २०२१ को अन्त्य सम्ममा ४६.२ मिलियन कानुनी तथा गैर कानुनी रुपमा अमेरिका आएको तथ्यांक छ । करिव ४ करोड ६० लाख मानिसहरु अमेरिका आएका छन् ।

आप्रवासीहरू आगमनको सबैभन्दा ठूलो संख्या हो। कुल अमेरिकी जनसंख्याको अंशको रूपमा नोभेम्बर २०२१ मा आप्रवासीहरूहरु १४.२ % रहेका थिए । जुन १११ वर्षको अमेरिकी इतिहासमा उच्चतम प्रतिशत हो भनि तथ्यांकले देखाएको छ ।

अमेरिकाको कूल जनसंख्यामा आप्रवासी शेयर (हिस्सा)मा १९७० देखि तीन गुणा बढेको छ । १९९० देखि दोब्बरको नजिक पुगेको छ। माथिको शीर्षकलाई यहाँ पुन जोड्न चाहे ,आफू अमेरिका आउने तर अरु नआए हुन्थ्यो भन्ने किन हामीले सोच्नु नहुने भने अमेरिका यती बिशाल छ की यहाँ जती नै मानिसहरु आएता पनि ठाउँ पुग्छ । अमेरिकाको क्षेत्रफल नेपाल भन्दा झन्डै ६७ गुणा ठुलो छ ।

कोभिड-१९ प्रतिबन्धका कारण फेब्रुअरी र सेप्टेम्बर २०२० बीचमा १२ लाखले घटे पनि सन् २०२० नोभेम्बरदेखि २०२१ नोभेम्बरको बीचमा अमेरिका आप्रवासीको संख्या १५ लाखले बढेको थियो ।

गत बर्ष अक्टोबर देखि नोभेम्बर २०२१ मा कूल आप्रवासी जनसंख्या ४ लाख ७० हजारले बढ्यो भनि सिस डट ओर्गले तथ्यांक प्रस्तुत गरेको छ ।

हामी नेपाली अवसरको भूमिमा पस्दा हामी कसैको मष्तिस्कमा कुनै नकारात्मक सोचाई नउब्जियोस l दरिद्र मानसिकता नआओस । चाहना राख्ने सबैले अमेरिका आउने मौका पाउन l अमेरिका आफू चाही आउने ,तर अरु चाही नआउन भन्ने सोचाई कहिले कसैमा नआओस ।

प्रतिक्रिया