फ्रान्समा विस्फोट र आगलागीमा परी कम्तीमा २ बालबालिका सहित ७ जनाको मृत्यु

इनेप्लिज २०७८ फागुन २ गते २१:४१ मा प्रकाशित

दक्षिणी फ्रान्समा विस्फोट र आगलागीमा परी कम्तीमा ७ जनाको मृत्यु भएको छ । दक्षिणी फ्रान्सको एक आवास गृह (अपार्टमेन्ट)भवनमा सोमबार भएको विस्फोट र त्यसपछि भएको आगलागीमा परी दुई बालबालिकासहित कम्तीमा सात जनाको मृत्यु भएको छ ।

बेपत्ता भएका कम्तीमा दुई जनाको खोजी कार्य जारी रहेको अधिकारीहरूले बताएका छन्। फ्रान्सेली गृहमन्त्री जेराल्ड डार्मानिनले सेन्ट-लारेन्ट-डे-ला-सालान्के शहरको घटनास्थलमा गएर बिहान करिब २ बजे भएको विस्फोटमा करिब ३० जना घाइते भएको वा मनोवैज्ञानिक आघात भएको बताए।

स्थानीय रेडियो फ्रान्स ब्लेउ रुसिलोनका अनुसार विस्फोट दुई तले भवनको भुई तलामा भएको बताएको छ भनि एबिसीन्यूजले समाचार लेखेको छ ।

अभियोजक जीन-डेभिड काभेलले विस्फोट के कारणले भएको हो थाहा पाउन सकिएको छैन ,उनले भने ।

तर पसलमा इन्धन ढुङ्ग्रो (ग्यास सिलिन्डर)हरू भएको हुनसक्ने सम्भावना रहेको र छानबिन भइरहेको उनले जानकारी दिए ।

प्रतिक्रिया