कालीभक्त पन्त नेपाली लोकसाहित्य अन्तर्राष्ट्रिय पुरस्कार दिवस र बन्धुलाई !

इनेप्लिज २०७८ फागुन २ गते १:४३ मा प्रकाशित

काठमाडौं,फागुन २।कालीभक्त पन्त लोकसाहित्य अन्तर्राष्ट्रिय पुरस्कार लोकसंस्कृतिविद् तुलसी दिवस र चूडामणि बन्धुलाई दिइने छ।

नेपालको लोकवार्ता,साहित्य र संस्कृतिलाई विश्वसामु परिचित गराए बापत प्राध्यापक तुलसी दिवसलाई २०७७ सन् २०२१ र लोकवार्ता र संस्कृतिको क्षेत्रमा गहन अनुसन्धान गरे बापत प्राध्यापक डा.चूडामणि बन्धुलाई २०७८ सन २०२२ सालको पुरस्कार प्रदान गरिने कालीभक्त–कृष्णा पन्त स्मृति प्रतिष्ठानले जनाएको छ।

संस्कृति एवं लोकसाहित्यका अन्वेषक कालीभक्त पन्तको नाममा स्थापित यो पुरस्कारको राशि जनही १ लाख १ हजार रुपैयाँ र नेपाल वाहिर १००१ डलररहेको छ ।नेपालको लोकवार्ता र संस्कृतिको क्षेत्रमा अध्ययन,अनुसन्धान,प्रचारप्रसार र विकासमा योगदान गरेका व्यक्तित्वलाई दिइने यो पुरस्कार कालीभक्त तथा कृष्णा पन्तका छोरा–बुहारी फलेबास नगरपालिका-६ का गोविन्दप्रसाद पन्त,उर्मिला पन्त,छोरी अन्जु पन्त (बोस्टन,अमेरिका),नाति महेश्वर पन्त (बोस्टन,अमेरिका) र परमेश्वर पन्त (काठमाडौं) ले प्रायोजन गरेका हुन्।

यसलाई पहिलो पल्ट संस्कृतिविद् एव शताब्दी पुरुष सत्यमोहन जोशीलाई प्रदान गरिएको थियो।कोरोनाका कारण २०७७ सालको पुरस्कार प्रदान गर्न असमर्थ भएकाले यस वर्ष दुवै जनालाई फागुन ६ गते कालीभक्त पन्तको स्मृति दिवसका अवसरमा दिइने प्रतिष्ठानका अध्यक्ष डा.पार्थिवेश्वरप्रसाद तिमिल्सिनाले जानकारी दिए।

 

प्रतिक्रिया