उमेर पुगेका सबै जना काम नगरी कोही बस्दैनन् । अर्थात् घर धान्न र संचालन गर्न काम गर्नै पर्छ । नेपालको शब्दमा भन्दा कार्यालयको काम । अमेरिकामा कार्यालय भन्दा पनि काममा जाने भन्ने चलन छ ।
काममा जाने भनेको आर्थिक लाभको लागि हो । बिश्व अडेको नै अर्थमा छ । अर्थ अर्थात् मुद्रा या द्रब्य कमाउने सबै भन्दा ठूलो राष्ट्र अमेरिकालाई मानिन्छ । डलर कमाई हुन्छ । डलरको भाउ जहिले पनि उच्च ।
अमेरिका जाने भनेको कमाउन जाने हो l अमेरिकामा कहिलेकाही जागिर नपाउदा मन आत्तिन्छ l के र कसो गरौ भन्ने हुन्छ l जागिर निकै समय सम्म अमेरिकामा भएन भने ठुलो संकट आई पर्छ l
हुदाछदाको मानिस सडकमा पनि आउन सक्छ l त्यो जस्तो दुर्भाग्य केही हुदैन l अमेरिकामा जागिर नपाईने भन्ने हुदैन तर आफुले चाहे जस्तो जागिर खोज्ने हो भने समय लाग्न सक्छ ।
अमेरिकामा जागिर नपाईने भन्ने हुदैन तर आफुले चाहे जस्तो जागिर खोज्ने हो भने समय लाग्न सक्छ
अमेरिकामा नेपालीले जे पनि काम गर्ने हुनाले काम पाई हाल्दछन l अमेरिकामा काम भन्ने बितिकै सबै राम्रा हुन्छन भन्ने होईन l सजिलो काम भन्ने अमेरिकामा हुदैन l अमेरिकामा काममा सम्झौता गरिन्छ l अमेरिकामा धेरै तनावपूर्ण जागिर भएको कारण मानिसले लुगा फेरेको जस्तै पटक पटक जागिर परिवर्तन गर्दछन l अर्को जागिरको व्यवस्था नहुन्जेल मजबुरीका नाम महात्मा गान्धी भन्ने उखान झैँ मानिस लाचार हुन्छन l जस्तो सुकै काम भए पनि घर चलाउन काम गर्न बाध्य हुन्छन l
जस्तो सुकै काम भए पनि घर चलाउन काम गर्न बाध्य हुन्छन
अमेरिकाका विभिन्न लेखक,संचार माध्यमहरुले अमेरिकाका तनावपूर्ण जागिर भनेर लेखहरु प्रकाशित गरि रहेका हुन्छन । थुप्रै त्यस्ता लेखहरुमा क्रमस नमिल्ने पनि हुन्छ । तर समग्रमा गुगल खोज गर्दा एक आपसमा मिल्ने खालका हुन्छन ।
यो पंक्तिकारले पनि त्यस्तै १० सबै भन्दा तनाबपूर्ण जागिरहरु बारेमा यहाँहरुको जानकारीको लागि पस्केको छु । श्रोत र गुगल खोजद्वारा गरिएको यो लेख एक पटक हेर्ने प्रयास गरौ ।
खानीको काम :
अमेरिकाको सबै भन्दा तनावपूर्ण जागिर भनेको खानीमा काम गर्नेलाई मानिन्छ किनभने लामो समय सम्म राति सम्म काम गर्नु पर्ने ,सुर्य देख्न नपाईने तथा ताजा हावा नपाईने हुनाले तनावपूर्ण मानिन्छ l
प्रमुख कार्यकारी अधिकारी (सिएओ) :
यसै गरि संस्थाका उपल्लो दर्जा तथा कार्यकारी अधिकृतको पनि तनावपूर्ण मानिन्छ किनभने उनीहरुको समय निर्धारण हुदैन l अत्यन्तै दुर दृष्टि भएको हुनु पर्ने, सफलता र असफलताको कारण एकै छिनमा जागिर चट हुने हुन्छ l पैसा भएता पनि निकै तनावपूर्ण मानिन्छ l
संचार माध्यमका सम्बाददाता :
संचार माध्यमका सम्बाददाताको काम निकै कठिन तर तलब कम हुने हुन्छ l कति खेर र कहिले कहाँ जानु पर्ने ठेगाना हुदैन l बिदा र छुट्टि कम पाईने हुनाले तनाव मै रहने हुनाले यसलाई पनि तनावपूर्ण जागिर ठानिन्छ l
हवाई जहाजका कर्मचारी :
यसै गरि हवाई जहाजमा यात्रा गर्ने हवाई जहाजका कर्मचारी निकै तनाबमा हुन्छन l अरु कर्मचारी भन्दा बिमान चालकको जागिर निकै तनाव पूर्ण मानिन्छ l यात्रीहरुको ब्यबहार तथा अन्य कारणले तनाव मै जीवन जाने पनि हुन्छ l
अग्नि नियन्त्रक तथा आकस्मिक क्षेत्रको काम :
यसै गरि आपतकालीन अवस्थामा बचाउने कर्मचारीहरुको जागिर पनि निकै तनावपूर्ण मानिन्छ l अग्नि नियन्त्रक तथा आकस्मिक रुपमा काम गर्ने प्राबिधिकहरुले समय र काल भन्न नपाउने हुनाले तनावपूर्ण नै मानिन्छ l
चिकित्सा पेशा :
अर्को तनावपूर्ण चिकित्सा पेशालाई मानिन्छ l लामो समय सम्म काम गर्नु पर्ने र निरन्तर दबाव खप्नु पर्ने हुन्छ l शल्य चिकित्सक ,मानशिक चिकित्सक ,दन्त्य चिकित्सकले धेरै समय काम गर्नु पर्ने अवस्था आई पर्दछ l अधिकासं उभिएर पनि काम गर्नु पर्ने हुनाले तनाव मै अधिक समय बित्दछ l उनीहरुको ब्यबहार र कामको कारण अस्पताल चल्ने र नचल्ने हुनाले निकै कडा मेहनत गन्रु पर्ने हुनाले तनाव रहने हुन्छन l
शिक्षक :
अर्को तनावपूर्ण शिक्षक पेसालाई पनि मानिन्छ l पढाउने मात्र नभएर धेरै योजना ,कागजात तथा अन्य बिबिध काम गर्नु हुन्छ l तुलनात्मक रुपमा तलब र सुबिधा अन्य पेशा भन्दा कम हुने पनि हुन्छ l जहिले पनि निरन्तर दवाब मै देखिन्छन l
प्रहरी :
अर्को खतरा ,जोखिम र तनावपूर्ण प्रहरी पेशालाई मानिन्छ l स्थानीय क्षेत्रमा काम गर्ने प्रहरी अधिकृत हुन् या प्रहरी बिभागमा या राजमार्गको गस्ती गर्ने सदैब तनावपूर्ण रही रहन्छन l सदैव जीवन हत्केला राखेर हिड्नु पर्ने हुन्छ l अमेरिकामा बन्दुक सर्बसाधारणले राखें चलन भएकोले ज्यान जाने र मारिने घटना निरन्तर घट्ने हुनाले बिहान हिडेको मानिस घर फर्कन्छ कि फर्कदैन भन्ने तनाव रही रहन्छ l
सैनिक :
अर्को तनावपूर्ण पेशा सुरक्षाको लागि तैनाथ रहने सैनिकको हुन्छ l परिवार बाट छुटिन्नु पर्ने हुन्छ l सदैब अमेरिकामा ज्यादा चनाखो र सतर्क हुनु पर्ने ,धम्कि ,त्रास आउने हुनाले अमेरिकामा यो पेशा निकै तनावपूर्ण मानिन्छ l आतंकबादीको सुचिमा अमेरिका अग्र पंक्तिमा भएकोले यो पेशामा निकै तनाव रहन्छ l
अभिभावक दुवै जागिरे :
अर्को सबै भन्दा ठुलो तनाब अभिभावक दुवै काम गर्दा आफ्ना सन्तानलाई त्यति ध्यान पुग्न नसक्दा उनीहरु दुख मान्दछन l जुन समयमा छोराछोरीलाई हेरचाह गर्नु पर्ने हो त्यो समयमा आफु र आफ्ना परिवार दुवै दिवा समयमा काम गर्नु पर्ने हुनाले समय व्यवस्थापन गर्न हम्मे हम्मे हुन्छ l तर दुवै जना काम नगर्दा परिवार चलाउन गार्हो हुने हुनाले अमेरिकन जीवन यसरी नै चलि रहेको हुन्छ l यस्तो हुँदा तनाव मानिन्छ l
धेरै आमाबुवा शिक्षक ,सैनिक ,प्रहरी तथा चिकित्सा पेशामा भएकोले सन्तान घरमा हुने हुनाले राम्रो समय दिन सकिदैन l सक्ने अवस्था नभएकोले यी पेशालाई तनावपूर्ण मानिन्छ ।
ईनेप्लिजका सम्पादक हुन । उनका थुप्रै थुप्रै लेखहरु ईनेप्लिजमा प्रकाशित भएका छन । हरेक दिन अमेरिकी मूलधार,सामुदायिक र बिश्व समाचारहरु निरन्तर र अविरल रुपमा लेखि रहन्छन ।
प्रतिक्रिया