साहुको ऋण तिर्न बिदेश……………………….

इनेप्लिज २०७८ माघ २७ गते १२:११ मा प्रकाशित

साहुको ऋण तिर्न नसकेर बिदेश तिर जानुपर्ने भयो

गरिबिले घर धान्न नसकि धन कमाउन बिदेश लाग्नुपर्यो

 

कति बाच्ने गरिविमा सुन्दर भविष्यको आशा गरी

परदेश जानुपर्यो धन कमाउने आशा बोकि

जान्छु साईलि परदेशमा म गाउँमा तिमिलाई छोडि

पर्खाइको पिडा सहनु गाह्रो होला बस्नुपर्दा रहरहरु मारि

 

सँगै बस्थ्यौ मेलापात सँगै घास दउरा जान्थ्यौ

ति समयका हरेक पलहरु सधै सँगै बिताउथ्यौ

हर पल गाउको याद बोकि बस्नु पर्छ परदेशमा

ज्यानको बाजि लगाएर काम गर्नुपर्छ यो ठाउँमा

 

सपनामा के के देखे त्यहाको हाल खबर के छ

चिठ्ठि लेखि पठाउदै छु यहाँ मलाई सञ्चै छ

सारा सपनाहरु पुरा गर्न जानुपर्यो मैले परदेशमा

बाचे आउला प्यारी मरे काठको बाकसमा

 

गरिबिले मेटिने भयो  यो हाम्रो साईनो

नरोउ प्रिय आशु झारी मन बुझाउनु पर्छ तिमिले

आखा बाट आशु झारी के पाउछौ र तिमिले

बिदेशिनु पिडा थियो खुसि कहाँ पायौ हामिले

 

 

गोबिन्द राज ओझा

दिपायल सिलगढी नगरपालिका वडा नं.२ दिपायल ,डोटी , नेपाल

[email protected]

 

 

प्रतिक्रिया