भूपेन्द्र शाह ठकुरी
बैशाख ३० गते स्थानिय तहको चुनाव हुने भएपछि दलहरु चुनावको तयारी जुटेका छन्।केही दिनमा नेता कार्यकर्ता प्रचार–प्रसारसहित मैदानमा देखिनेछन्।अघिल्लो चुनावको नतिजा हेर्दा र अहिलेको दलहरुको राजनीति उपस्थितले कसको प्रभाव कस्तो देखिएला ?
२०७४ को स्थानीय तह निर्वाचनमा ७५३ स्थानीय तह मध्ये २९४ वटा स्थानीय तहमा प्रमुख जितेर एमाले पहिलो पार्टी बनेको थियो।नेपाली कांग्रेस एमालेलाई पछ्याउँदै २ सय ६६ ठाउँमा नेतृत्व जितेर दोस्रो बनेको थियो।नेकपा माओवादी केन्द्र भने १ सय ६ पालिकामा जितेर तेस्रो पार्टी बनेको थियो।
सबै भन्दा ठूलो दल बनेको नेकपा एमाले अहिले फुटेको छ।एमाले फुटेर माधव कुमार नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी पार्टी गठन हुँदा केही स्थानीय तहका जनप्रतिनिधिले त्यतै राेजेका छन्।अबको स्थानीय तह निर्वाचनमा एमालेमा फुटको असर पर्ने नै छ।
नेपाली कांग्रेसले त्यसबेला दोस्रो स्थान हासिल गरेको थियो।केही स्थानीय तहमा उसले माओवादीसंग तालमेल गरेको थियो।यसपटक गठबन्धन अनुसार तालमेल गर्दा हिसाव कितावमा पुरानो संख्या घट्ने सक्ने नेताहरुको आँकलन छ।विजय कुमार गच्छदार नेतृत्वको तत्कालीन लोकतान्त्रिक फोरम पनि एकीकरणमा आएकाले एक्लै हिड्दा पनि पहिलो पार्टी बन्ने दावी नेताहरुको छ।
अघिल्लो चुनावमा कांग्रेससँग तालमेल गरेर तेस्रो दल बनेको माओवादी केन्द्र यसपटक पनि आबश्यकता अनुसारको तालमेलमा सहभागि भएर उही स्थानमा रहने रणनीतिमा छ । पहिलो र दोस्रो जो भएपनि कांग्रेस एमाले नै हुने उसको आन्तरिक हिसाव किताव छ।
एमालेबाट छुट्टीएर नेकपा एकीकृत समाजवादी बनेको दलले करिब यस अघि जितेका प्रमुख आफ्नो पक्षमा आएकाले चौथो बन्नसक्ने हिसाव निकालेको छ।तर,सबै ठाउँमा तालमेलमा जानैपर्ने निस्कर्ष छ।
२०७४ मा चौथो र पाँचौ स्थान हासिल गरेका मधेश केन्द्रित दलहरु संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी पछि एकीकरण भएर जनता समाजवादी पार्टी बनेको थियो ।अहिले यो पार्टी फुटेर महन्थ ठाकुरको नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी गठन भएको छ।चुनावमा एक्लै जान कठिन देखिएकाले मधेस केन्द्रित दल पनि मिलेर जानेमा कोठे छलफल गर्न थालेका छन्।
यसअघि स्थानीय तहको निर्वाचन हुँदा प्रधानमन्त्रीका रुपमा हालका प्रधानमन्त्री शेरबहादुर देउवा नै हुनुहुन्थ्यो यस पटक पनि उहाँकै नेतृत्वमा कांग्रेस कै सरकार छ। त्यसको धेर थोर फाइदा मिल्नेमा कांग्रेस ढुक्क देखिन्छ।
प्रतिक्रिया