नेपाल संसारमा त्यस्तो देश बन्दै गइरहेको छ,सायद संसार नेपाललाई हेरेर हाँस्न बाध्य भै रहेको छ।पूूर्खहरुको रगत र पसीनाले आर्जेको देश अहिले आएर सात टुक्र बनाएर सात प्रदेशको नामकारण गरेर सातैवटा राज्यपाल,सातैवटा प्रधान मन्त्री,सातैवटा संसद प्रमुखहरुका हालिमुलि भएको छ,नेपाल आज आएर एउटा सार्वभौमसत्ता सम्पन्न नेपाललाई बाँडेर राजनैतिक भागबण्डा गरेर खाने भाँडो बनाएका छन,बाहिराबाट संचालित नेताहरुले।
संघियताका स सम्म उच्चारण गर्न नजान्ने मानिसहरु संसद बनेका छन,खल्तीमा रकम आएकै छ चिल्ला गाडी चढन पाएकै छ के जाति उखान झैं “मामाको घोडा मेरो चाहि हिहि” चरितार्थ भै सकेका छन,नेपाल।पचहत्तर जिल्लालाई बढाएर सतहत्तर जिल्ला बनाउँदैमा नेपालको भूमि रबटको गुलेलि झै तन्किने होइन।
भदौमा आँखा फुटेको गोरुले आफनो मथिलिंगमा जहिले पनि हरियो नै छ भनेर सोच्छन रे,विदेशीले घुमाएको नेताहरुको दिमाग पनि छिमेकी देशको सिको गरेर एक ढिक्का नेपाललाई सात प्रदेशमा बाँडेर आफना कार्यकर्ताहरलाई पैसा र पद बाँडेर के गर्न खोजेको के हो ? त्यो त नेपालीहरुले पछि थाह पाँउलान ,तर जुन दिन नेपाल भन्ने देश यो संसारको नक्साबाट हटाउलान।त्यो दिन धेरै बाँकि छैन आउन।
उदाहरणका लागि अमेरिकामा पचासवटा स्वतन्त्र देशहरुका एउटा संघीय अथवा संयुक्त राज्य अमेरिका बनेको हो।जहाँ यो पंक्तिकार मेरिल्याण्डमा बस्छन ४० देखि,जाँहा र त्यँहा आफनै संविधान छ,आफनै प्रकारका कानुन व्यवस्था छ,आफनै प्रहरी,नेशनल गार्ड छन,आपतकालिन अवस्थामा यहाँका राज्यपालले संकटकालिन अवस्था घोषणा गर्न संघीयताको अवश्यकता पर्दैन।त्यस्तै आफनै आफनै संसद छ,यहाँ संघीय सरकारले कुनै हस्तछेप गर्न पाइदैन,तर हाम्रो देशमा हिजोका पन्चायती सरकारले चलाएको चलन अथवा नोकरशाही चलन अहिले पनि छन,सिडीओ संघीय सरकाले नै पठाउने,उन्को हुकुमलाई नै संघीय सरकारले मान्नु पर्ने,संघीयता चलाउन केन्द्रबाट नै बजेटको बिनियोज गर्न पर्ने,यस प्रकारका चलन कस्को लागि देशको लागि त पक्कै होइन।अथवा आफूलाई जनताहरुलाई नरसंहार गराएर माथिल्लो शिखरमा पुर्याएकाहरुले गरेकै हो।
यो दुर्भाग्य नआवोस नेपालमा यदि प्रदेश नम्बर एकमा कुनै विदेशी शक्तिले हमला गरेमा,प्रदेश नम्बर दुइका सरकारले खुसि भएर ताली बजाएर बस्ने अवस्था देखियोस,अहिले सम्मका ब्यबहारले,हालै सोभियत संघले युक्रेन माथी हमला गर्न खोज्यो तर त्यहाँका राष्ट्रपति Volodymyr Zelensky आफना NETO देशका सहयोग मागेर कूटनैतिक तवरले समस्याका समाधान खोजेपछि अहिले सोभियत संघ अलि हच्केको छ।कुनैपनि देशले अन्तरास्ट्रिय नाकाबन्दी गरेर भै पनि ठूलो देशलाई तर्साउन सक्दो रहेछ भन्ने उदाहरण यस पंत्तिकारले देखेका छ।नेपाललाई उत्तरबाट हमला भए पनि दक्षिणबाट हमला भए पनि हाम्रो लागि नाक थापेर आउने देश कोहि कतै छैन,त्यसैले नेताहरुले बेलैमा आफना मातृभूमिलाई कसरी जोगाइ राख्ने भनेर मनन र चिन्तित बन्न आवश्यकता छ आजका सन्दर्भमा।हाम्रा छिमेकी देशहरु चीन र भारतलाई कूटनैतिक मनोभर Diplomati maneuver अथवा कूटनैतिक दूरदर्शिताबाट मात्रै खुसि पारेर राख्न सकिन्छ,उनिहरुलाई राम्रोसंग थाह छ,हाम्रा चुरोकुरो।
हाम्रो परराष्ट्र्नीति
हाम्रो देश नेपालको परराष्ट्र्नीति देखाउने चाँहि असंलग्न परराष्ट्र्नीति गर्ने व्यवहारमा चाँहि भारत संलग्न नीति छ।झन २०४७ सालको संविधानको मस्यौदा तत्कालिन शाही नेपाली राजदूतावासका तत्कालिन द्वितीय सचिबले भारतका तत्कालिन प्रधानमन्त्रीलाई “मैले लगेर देखाएँ डिवीजी” नत्र त राजाले के मान्थे” भन्ने व्यक्ति पनि हाम्रा देशका परराष्ट्र मन्त्रालयमा थिए ।झन अब त थुप्रै होलान।
नेटो र वार्सप्याक्टबाट कसरी जोगिने भन्ने चिन्ता बिश्वका धेरै देशहरुमा थियो,त्यसैले १९५५ अप्रिल महिनामा इन्डोनिसियका राजधानी जकार्तामा बाङडुङ सम्मेलनमा नेपालका प्रतिनिधि तत्कालिन यूवाराजधिराज र किर्तिनिधि बिष्टले गर्न भएको थियो।भारतका पुर्ब प्रधान मन्त्री जबहारलाल नेहरु ,बर्माका प्रधान मन्त्री उ नु इजिप्टका राष्ट्रपति नासिर,चीनिया प्रधान मन्त्री चाउइन लाइ विश्वका धरै उच्च राष्ट्रध्यक्षहरुको सहभागीतिाबाट असंलग्न शिखरको स्थापना भयो तर जब राष्ट्रहरु बलिया भए साना देशहरुलाई बिर्सिदै गए।हामी सबैले देखेकै हौं युगोस्लाभिया कस्तो देश थियो जोफेब टिटाको पालामा अहिले कस्तो भयो ?
जो व्यक्तिलाई आफनो मातूभूमिको मायाँ छैन भने त्यस्ता व्यक्तिले राजनीति नगरेर अरु देशका शरणार्थी बने हुन्छ,बिदेश आयात गरेर ल्याएका सामान र नीतिहरुले कहिले पनि दिगो पाउदैनन।त्यो क्षणिक मात्रैको स्वाद हुन।
संघियतालाई जोगाउने तरिका आर्थिक रुपले आत्मनिर्भर गराउने,आफनो प्रदेशको लागि आफनै स्रोतसाधनबाट मनगॆ पुर्याउने,कमसेकम १५ प्रतिशत आयकर संघीयतालाई बुझाउने,अनि मात्रै यो हाम्रा संघीयताको आयू बढ्लान,नत्र भने दुई चार बर्षमा यो प्रथा उडलान देशबाट।पैसा र पद भन्दा ठूलो आफनो देश हो, हिजोका नेपाली शरणार्थीहरु अरु देशका राहदानी बनाएर नेपालका नेताहरुलाई खेलाई रहेका छन त्यो सबै भन्दा दुर्भाग्य हो नेपालका लागि।
-डिग बहादर तामाङ्ग,पूर्व २ नम्बर।
प्रतिक्रिया