“च्यान ल्हो छर खाची जब डनबा योखई ! तिनीला ल्हो छर मेलारी ह्यंगरुब्तापा बेलारी “।राजुलामा अनि बिहिनी कुन्ती मोक्तोन गहेको ल्हो छरको गीत
ताग ल्हो २८५८ ( अथवा २०७८ सालको बाघ बर्ष सोनामल्होछर (श्रेष्टता)
नेपाल सरकारले सार्जनिक बिदा घोषणागरेर, एस महान पर्वलाई झन् समनित गरेका छ ।
उपरोक्त गीतको मतलब हो आजको ल्हो छर मेलामा हमीभेट भएको बेलामा जालमायाको बिरुवा रोपौना ।
नेपालका तामांगहरुको ३० हजार नेपालमा प्रबेस गरेको बर्षको इतिहासमा सोनाम ल्हो छर कहिले देखि मान्न सुरु गरे त्यो बिषय गौण छ सायद हाम्रो देशका इतिहंसकर हरुले नै जानुन। तर संससर भरिका इतिहासलाई खोतलेर पढ्यौं भने ल्हो छार्को उत्पति चीनमै भएको निम्नप्रमाणहरुले जनौञ्छ ।चीनबाट कुब्लई खानले मंगोलियामा लागे तेस्पछि मंगोलिया भएर तिबतमा छिरे, त्यो भन्दा पहिले जापान कोरीयमा इत्यादी देशमा चीनबाट सिको गर्दै मनाउन थालिसकेको जानकारहरु बताउछन।
ल्होछारको उत्पति चीनमा साँग पुस्तौनीदेखि अथवा Shang Dynasty १७६६ बिसीतिर क्रैसको मृत्युपछि भन्दा पहिले शुरु भएको इतिहासको पुस्तकहरुमा उल्लेख भएको पाइएको छ । यसपाली चिनियाँहरुले ४,७@@ साललाई बाघ बर्ष बर्षको रुपमा मनाउँदै छन् भने चिनियहरुसँग हतेमालो गाँसेर दक्षिण एशियाका धेरै देशहरुमा पनिसँगै मनाउँदै आएका छन् ।
अर्को किम्बदन्तीअनुसार, राशीहरुलाई नै नयाँबर्षको रुपमा मनाउन शुरु भएको बुद्धिष्टहरुको पात्रोबाट पनि थाह हुन्छ, भगवान बुद्ध स्वर्गारोहणको समय भएपछि, सम्पूर्ण जगतको प्राणीहरुलाई बोलाउनु थियो । त्यहाँ बुद्धको अन्तिम दर्शन गर्न १२ वटा जीव जनवारहरु पुगेका बर्णन गरिएको छ, बुद्धको मृत्यूपछि उहाँको शिक्षाहरुले ती जनवारहरुको नामबाट नयाँ बर्षगन्न शुरु गरे भन्ने उल्लेख गरेको पाइएको छ ।यहाँ प्रश्नउठ्लन, बुद्धको जन्म २५५८ बर्ष कसरि तर हालको गौतम बुद्ध २८वौ बुद्ध हुनु हुन्छ पहिले नै सत्ताइस बुद्धहरु थिए जगतमा .
ल्होछार भन्नु र ल्होसार भन्नु एउटै अर्थ हो, तोला ल्होसार, तमुल्होसार, यदि हाम्रो देशका बिज्ञा जगमान गुरुङज्युलाई प्रश्न गरे भने उंहाले तोला ल्होसार र तमुल्होसारको भन्दा अरुको बिषयमा तेती चासो राख्नु हुन्न।घ्याल्पो ल्होसर, सोनाम ल्हो छर। । मानव सभ्यातका शुरुवातदेखि नै हरेक समय र कालखण्डमा नयाँ नयाँ बस्तुहरु वा संस्कारहरुको आविस्कार भैआएको छ । हिन्दुहरुको १८ वटा पुराणहरु मध्येका मुख्य पुराण, रामायण युग ८ हजार बर्षभयो भने महाभारत युग ५ हजार तीन सय बर्ष बिति सक्यो । नेपाली सम्बत ११$@ भयो भने बिक्रम सम्बत २०७* साल, क्रिश्चियन साल २०@@ मा हामीहरु प्रवेश गरिसकेका छौं । चिनियाँहरुको नयाँ बर्ष अथवा ल्होछार, चीन, मंगोलिया, जापान, कोरिया, भियत्नाम, लासोस । कम्बोडिया, थाइल्याण्ड, मलेसिया र नेपालका तामाङहरुले एकै दिनमा मान्ने चलन छ, त्यो दिन यसपाली फरवरी @ तारिखका दिन परेको छ, तामाङ ल्होछार २८%& पुरा गरि ता.ल्हो अथवा नेपाल सम्बत बर्ष @)&* माघ १९ गते अथवा फरवरी दुइ तारिखको दिन शुरुवात हन्छ संसार भरि छरिएर रहेका चिनियाँ तथा बुद्धिष्टहरुले यो ल्होछारलाई अमेरिका लगायत संसार भरि नै यो चाडलाई उल्साहपूर्वक मान्ने गरेको पाइएका छन । चिनियाँहरुको हाम्रो जस्तो दशैं तिहार, संक्रान्ती, पूर्णिमा, तीज चाडहरु मान्दैनन् खाली आफ्नो संस्कृती अनुसार नयाँ बर्ष मात्र धुमधामले मान्ने गर्दछन् ।
यसको धार्मिक परिप्रेक्ष्य
नेपालका आदिवासी जनजातिहरु मध्ये मुख्या बुद्धधर्मबालम्बीहरु मानिने तामाङहरु नै हुन् । यी बर्गले अरुले जस्जो धर्मको बिषयमा कहिले पनि हामीहरु ” हिन्दु हौं ” भनेर सासकबर्गको चाकडीमा उभिएन, बरु राजनैतिक, आर्थिक,सामाजिक यातनाहरुलाई सहेर भएपनि आफ्नो परम्परालाई छोडेनन। यी वर्ग अथवा जातिले बरु राज्यले दिएको अपमान सहेर बसे तर आफ्नो बौद्ध धर्मलाई कूल धर्मको रुपमा लिएरै बसे, त्यसैले तामांङहरुलाई पिपाभन्दा माथिको जागिर शाहवंशीय राजाहरु, तथा राणशासनकाल नेपाली सेनामा जागिर खाना दिएनन् तामाङहरुको घनाबस्ती भएको ठाउँलाई हिन्दुहरुको इष्टदेवको गुठी बनाएर रण बहादर शाहको पालामा स्थापना भएको आज आएर विभिन्न ताम्रापत्रहरु, शीलापत्रले प्रमाणित गराइराखेका छन । शाहवंशीय राजाहरुको राजसंस्था उन्मूलन भएतापनि रणबहादुर शाहको पालामा स्थापना भएको गुठी आज लोकतन्त्रले पनि उन्मूलन गर्न सकेको छैन ।
ल्होछार आउनु भन्दा साता दशदिनदेखि माघको महिनामा तामांङहरुको गाँउघरतिरको अर्कै रोैनक शुरु हुन्छ, नयाँ जोस र जाँगरसाथ घरवरिपरि सरसफाई गर्ने । टाडा टाडा पुगेको छोरिचेलीलाई निम्तो दिने । घरलाई लिप-पोत गरेर सफा गर्ने । धुपिको तीतेपाती, भिमसेनपाती तितेपातीहरु बटुल्ने । मकै र जौ भुटेर पिठो पिन्ने, सेता कपडा बजारबाट किनेर ल्याउने, त्यसपछि लामालाई स्याल्गर -सगुन) लिएर ल्होछारको पूजा र आशिश दिन आफ्नो घरमा आउनको लागि निवेदन गर्ने ।।
ल्होछारको दिनमा लामाले आँगनको बीचमा जग्गेको लागि चारवटा लिंगाहरु ठडाउने, माथि चतुवा टाँग्ने, नाङसाल, ग्यासर-कलाँस), बुम्बा (दियो) म्हेन्दो(पुष्पा) लाला कुलदेवताको मूर्ती) अक्षेता, नैवेद इत्यादि सामाग्रीहरु राखेर प्रतिष्ठान गरेको डाजाङमा बसेर लामाले आफ्नो वेदको पुस्तक पढेर स्वस्थी शान्तिको लागि विभिन्न देवीदेवताहरुको आराधाना गर्ने सबैले लामाको आदेश अनुसार । प्रार्थना गर्ने, यसरी टासी गरेर घरको भन्डारमा प्रसादले सजाउने, बाहिर अंगानामा, धर्ज्यू अथवा धार्मिक झण्डा टडाउने, बारीको कान्नलामा स-सानो सेतो कपडामा परले छापेको देवताको आकार राखेको मन्त्रले भरेको कपडाको सानो झण्डालाई सजाउने जसलाई लँुङतोर पनि भनिन्छ, लुङँ भनेको मन्त्र तोर भनेको माथि अथवा स्वर्गमा प्रार्थना गरेको मन्त्रलाई स्वर्गमा पुर्रावोस भन्ने उदेश्य हो ।
निष्कर्ष
सोनाम ल्होछार वा ग्याल्बो ल्हो सार एउटै चराको दुइटा नाम जस्तो हो । तिव्वेतेनहरुले ग्याल्बो ल्होसार मान्ने गर्छन, त्यो सायद तिव्वतमा धेरै जाडो भएकोले मार्चको पहिलो हप्तामा मानेको हुनु पर्छ चीनको स्वशासित हुनु भन्दा पहिले मार्चमा मानिने ल्होसारमा दलैलामा पनिले मान्ने हुँदा राजाले समेत मान्ने हुदा ग्याल्पो ल्होसार भनेको हुन पर्छ । यो ग्याल्पो ल्होसार भने तिब्बेतनहरुले हिमालीभेगमा बसोबास गर्ने शर्ेपाहरु र ल्होल्मोलीहरुले मात्र मान्ने हँुदा संसार भरीमा २ दुइ लाख जति मानिसले मात्रै मान्ने चाड हो भन्नु फरक नपर्ला ।
सोनाम ल्होछार चिनियाँहरुले मान्ने दिनमा नै मान्नेहरु नेपालको बहुसंख्यक तामांङहरु, र दक्षिण एशियाको देशहरुमा पनि मान्ने हुँदा सोनाम ल्होछार करिब पौने दुइ विलियन मानिसहरुले एकै साथ मान्ने र मनाइनेे पर्व हो सोनाम ल्होछार । उसोभए नेपालको गुरुङहरुले मान्ने ल्होसार चाँहि के हो त ? भन्ने प्रश्न खडा हन सक्छ, उहाँहरुले मान्ने पनि सोनाम ल्होसार नै हो यसपालीको बर्षगुरुङहरुको पनि घोडा बर्ष नै हो सायद पृथ्वी नारायण शाहलाई साथ दिएर, हिन्दू बनेर पनि उहाँहरुले पौष महिनाको १५ गते ल्होसार मान्ने चलन दिनु भन्ने हुकुम भएको थियो होला । जुलियन पात्रोभन्दा पहिले आउने तमु ल्होसार कुनपात्रो रहेछ जान्ने इच्छ जागेर औंछ ।
अन्तमा भगवान बुद्धको भावनासारको मंत्र प्रस्तुत गरेमा फरक अर्थ नलाग्ला संस्कृतमा छ तर अनुबाद शब्दहरुले मतलब प्रस्ट्याउने नै छ।
सर्वे बवान्तु सुखिन , सर्वे सन्तु निरामया, सर्वे भाद्रानी पश्यन्तु, मा कश्चिद्दुःखभाग्भवेत्। जगतको सबै प्राणीले सुखमा रहोस, ओम, सबै सुखी होस्,
सबै रोगबाट मुक्त होस्।: सबैले देख्न सक्ने शुभ के हो सम्पूर्ण मानवजातीमा,
कसैलाई दुःख नपरोस्: ओम शान्ति, शान्ति, शान्ति ।
TASHI DELEG PHÜNTSUM TSOKPAR SHOK टाशीदेलेग फुन्सोन छोक्परसोक : यो अष्टमंगल मन्त्रबाट लिएको हुँ। जसलाई हाम्रो वेदको भाषामा टाशी ग्याप मन्त्र भनिन्छ Bring good fortune, prosperity, happiness and peace auspiciousness ! सुख,शान्ति,समृद्धि,समृद्धि, ऐश्वर्य ल्याओस !
प्रतिक्रिया