भर्जिनियामा काव्यिक जमघट

इनेप्लिज २०७८ माघ १७ गते १०:५५ मा प्रकाशित

३० जनवरी, वाशिंटन डिसी-अमेरिका भ्रमणमा रहनु भएका कवि ऋषभदेव घिमिरे डिसी मेट्रो क्षेत्रमा आउनुहुँदा यौटा काव्यिक जमघटको आयोजना भएको छ। भर्जिनियावासी कवि तथा कलाकार पुष्कर पन्तको निवासमा निलकण्ठ सुवेदीको संयोजनमा भएको जमघटमा ऋषभदेव घिमिरेले आफ्ना कविताहरु प्रस्तुत गर्नु भएको थियो।

सो अवसरमा पुष्कर पन्त, रामशरण हुमागाई, प्रकाश नेपाल, नीलकण्ठ सुवेदी, मदन थापा, अरुण रुपाखेती, गोविन्द गिरी प्रेरणा तथा नीरा शर्माले कविता वाचन गरेका थिए ।

झण्डै २ घण्टा पालैपालो २, ३ राउण्ड कविता वाचन हुँदा पूरै काव्यिक माहौल बनेको थियो ।

कोरोना महामारीका कारण प्रत्यक्ष सार्वजनिक साहित्यिक कार्यक्रमहरु नभैरहेको वेलामा यो काव्यिक जमघट निकै रोचक र स्मरणीय रहेको सवैले अनुभव गरेका थिए ।

प्रतिक्रिया