युक्रेनी सैनिकले ४ साथी सैनिक र १ नागरिकको हत्या गरेका छन् । युक्रेनको राष्ट्रिय सेना (नेशनल गार्ड)का एक सदस्यले बिहीबार आफ्ना साथी सैनिकमाथि गोली चलाउँदा पाँच जनाको मृत्यु हुनुका साथै पाँच जना घाइते भएको युक्रेनको गृह मन्त्रालयले जनाएको छ।
सेवाकर्मीलाई प्रहरीले हिरासतमा लिएको छ ।
यो घटना बिहीबार बिहान कीभबाट ५०० किलोमिटर (३१० माइल) दक्षिणपूर्वमा रहेको निप्रो सहरमा भएको हो। सेनाको कारखानामा सुरक्षा कर्तब्य (गार्ड ड्युटी)मा रहेका २० वर्षीय आर्तेमी र्याबचुक भएको पहिचान गरिएको छ ।
र ,तत्कालै उनि घटनास्थलबाट भागेका थिए। गोली चलेको केही समयपछि प्रहरीले र्याबचुकलाई नियन्त्रणमा लिएको थियो । उनलाई के कारणले गोली चलाएको हो भन्ने तत्काल खुल्न सकेको छैन ।
राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले घटनाको गहिरो अनुसन्धान र विश्लेषण गर्न अधिकारीहरूलाई माग गरेका छन भनि एबिसीन्यूजले समाचार लेखेको छ ।
प्रतिक्रिया