रचना संगीत तथा स्वरकार्यक्रमको तेश्रो सृङ्खला सम्पन्न

इनेप्लिज २०७८ माघ १३ गते २:५९ मा प्रकाशित

 अटवा,जनवरी २२ २०२२का दिन अमेरिकाको सेण्ट्रल समय आठ बजे स्रस्टा साँझ अमेरिकाको रचना संगीत तथा स्वर कार्यक्रम सम्पन्न भयो । स्रस्टा साँझ अमेरिकाले बिबिध कार्यक्रमहरू गर्दै आएको छ ।स्रस्टा साँझ अमेरिकाका लघुकथा, उपन्यास, गजल, गीत, मुक्तक,कविता, बालसाहित्य स्रष्टा सम्वाद, मैथली, भोजपुरी भाषाका साहित्यिक कार्यक्रमका साथमा, रचना, संगीत तथा स्वर कार्यक्रमहरू हुँदै आएका छन् । हरेक महिना हुने रचना संगीत र स्वर कार्यक्रमको तेश्रो श्रृङ्खला सम्पन्न भयो ।

स्रस्टा साझ अमेरिकाको रचना संगीत तथा स्वर कार्यक्रम संचालक द्वय गीतकार सुरेन उप्रेती र गीतकार सुनिता बस्नेत थापाले कार्यक्रम सन्चालन गर्नु भएको थियो । हरेक महिनामा हुने यो कार्यक्रमको तेश्रो सृङ्खला हो । पहिलो सृंङखलामा क्रमश गीतकार राधाकृष्ण काफ्ले, संगीतकार नारायण ओली, र गायक रविन शर्मा (राजेन्द्रप्रसाद शर्मा) हुनहुन हुन्थ्यो । त्यस्तै गरी दोश्रो सृङ्खलामा गीतकार बिस्वम्भर प्याकुरेल र संगीतकार तथा गायक शम्भुजीत बाँस्कोटा हुनुहुन्थ्यो । यो तेश्रो सृङ्खलामा रचनाकार लिलु गुरूङ र संगीतकर्मी जुजु गुरूङ जोडिनु भएको थियो ।

लिलु गरूङका चर्चित दोहोरी गीत, लोक गीत, र देश प्रेमका गीतहरू छन् । हे माया, एकहोरो तिम्रो मन, नबुझेको हैन तिमीलाई, नयाँ जीवन पाछु आज, जस्ता गीत रहेका छन् । उहाँका गीतमा संगीतकार विवी अनुरागी गायक स्वरूप राज आचार्य अन्जु पन्त जस्ता चर्चित गायक गाईकाहरूले गाएका छन् । प्रवास व्यस्त जीवनको समय लाई नेपाली गीत र संगीतमा लगाउनु भएको छ । गीतका लागि गीत  लेख्ने भन्दा माथि उठेर गीतले कुनै सन्देश पनि दिनु पर्छ । परदेजसका पिडा गाउँघरका कथा देशप्रेम भाषा र संस्कृतिको प्रेममा गीत लेख्नु हुन्छ ।

त्यस्तै गरी संगीत कर्मी जुजु गुरूङ जसको वास्तविक नाम रत्न बहादुर गुरूङ हो । उहाँले करिब १५००० चर्चित गीतहरूमा संगीत संयोजन गर्नु भएको छ । खैरेनिमा गेट, फूलमा भमरा, वनको काफल वनकै चरिलाई, माझीदाई, भरिया दाई, मन पर्ने एउटी साली छ, हङ्कङ् आइडीले, के हुन्छ कुन्नी, शंका बढ्यो झन्, ससुरालीमा, पछि लार्इंदैन, ब्युटी नंबर वान, पानी घट्टामा, फर्क मुग्लानी, बाासुरीको धुन, डााडै काटी जाउाला, तक्दीर, संसार विचित्र, झल्को लाली ओंठको, मिर्मिरेमा भाले बासेको, छिनको छिनैमा, जमल घण्टाघर, डााडैमा हावा सरर, कान्छी दुलही, मनको देउतैले, गैरी पर्‍यो ताल, भुमरी, पि. एन. क्याम्पस, खोली छेकेर, फूलले इर्ष्या गर्ला, एउटा राम्रो बाटो, सोल्टिनी नानी, बर्बर आासु झर्‍यो, पिडा दिए पनि  आदि ।

त्यस्तै गरी उहाँ बिभिन्न बाध्ययन्त्रहरूलाई पनि बजाउनु हुन्छ ।जस्तो हार्मोनियम, कि–बोर्ड, सारंगी, मादल, खैंजडी, बाासुरी, गीटार, मेण्डोलिन, बाच्छेबाजा (माउथ अर्गन) आदि ।

उहाँहरू सँग अन्तर्कियाका रूपमा अगाडि बढेको कार्यक्रममा दर्शकहरूलाई पनि विचविचमा प्रश्नहरू गरेर सहभागी गराइएको थियो । नेपाली संगीत जगतले गीतको रचनाकार र संगीतकारको पहिचान बिर्सन थालेको थियो । गीत सुन्नेबाट हेर्नेमा  रूपान्तरण हुँदै गएकोछ । अब  त गायक गागियकाले समेत बिस्तापित हुनु पर्ने अवस्था आई सक्यो । नायक र नायिकाको गीत भनेर गीत चिनिन थाल्यो । यसरी जन्मदाताहरूको परिचय हराउँदै गएको अवस्थामा ती जन्मदाताहरूको परिचय स्थापना गराउन शुरू गरिएको हो यो “सचना संगीत तथा स्वर कार्र्यक्रम” भन्दै गीतकार तथा सहजकर्ता सुनिता बस्नेत थापाले बताउनु भयो ।

कार्यक्रममा जुजु गरूङले सारंगी बजाएर सुनाउनु भएको थियो भने लिलु गुरूङ र जुजु गरूङले दोहोरी गीत पनि गएकर सुनाउनु भएको थियो ।

कार्यक्रमा अतिथि द्वय र सहजकर्ताहरूले “नेपाल सरकार सम्बन्धित निकाय र सरोकारवाला संघ संस्थाले रेडियो टेलिभिजन एफएम” जस्ता सबै संचार माध्यममा रचनाकार संगीतकार र गायकहरूको परिचय दिएरमात्र गीत बजाउनु पर्ने कुरामा जोड दिनु भयो ।

आगामी सृङ्खलामा प्रशिद्ध गीतकार डाक्टर भोला रिजाल र उहाँका गीत सँग सम्बन्धित संगीतकार र गायकहरू सहभागीहुने कुरा सुनिता बस्नेतले  जानकारी गराउनु भयो । फेसबुक मार्फत जोडिएर स्रस्टाहरू सँग प्रश्नहरू र जिज्ञासाहरू राख्न पाइने हुनाले दर्शक र श्रोताले कार्यक्रमलाई धेरै मनपराई रहेको छन । कार्यक्रम  ईनेप्लिज न्यूज डटकम र स्रस्टा साँझ अमेरिकाको फेसबुकबाट प्रत्यक्ष प्रसारण भएको गियो । स्रस्टा साँझ अमेरिकाका संस्थापक अध्यक्ष प्रभात दीक्षितको अध्यक्षतामा कार्यक्रममा सन्चालन भएको थियो  ।कार्यक्रमका अतिथि सहजकर्ता ईनेप्लिज डटकमका बिजय थापा तथा सबै श्रोता एवम् दर्शकहरूलाई श्री दीक्षीतले धन्वाद दिनु भएको थियो ।

 

 

प्रतिक्रिया