मेरि प्यारी छोरी तिमिलाई……………………..   

गोबिन्द राज ओझा     २०७८ माघ १२ गते ११:५४ मा प्रकाशित

                 

मेरि प्यारी छोरी तिमिलाई भेटन आउदैछु

तिम्रो माया लागेर छिट्टै घर आउने मन लाग्छ

 

हेरी रहु लाग्छ मलाई ति तिम्रा साना आखाहरु

मुस्कानले सजिएका ति तिम्रा ओठहरु

तिम्रो यादले पिरोल्छ छोरी विरानो यो मुलुकमा

टाढा भए पनि तिम्रो जन्म दिनको धेरै शुभकामना

 

चुलबुले बानि तिम्रो हेर्न आउ भन्छ यो मन

पल पल तिमिलाई सम्झिएर वितेको छ मेरो दिन

बाबा भन्दै मेरो काखमा आएर बस्थ्यौ

मेरो बाबा आए भनि कति खुसि हुन्थ्यौ

 

निराशाको भारी बाकेर, परदेशमा बसिरहेछु

सम्झनामा तिमि आयौ त्येसैले त रोईरहेछु

तिम्रो बालापनमा तिम्रो साथ छोडि जानुको पिडा

मनले सम्झन्छु  तिमि बाट छुट्टी बस्नुको पिडा

 

बालापन भगवानले बनाएको सुन्दर रुप हो

मेरी प्राण प्यारी छोरी मेरो घरको गहना हो

मेरो मनमा अनेक ईच्छाहरुले तरङ्ग पैदा गर्छ

तिम्रो सुन्दर भविष्यको लागि यो मनले योजना बनाउछ

 

गोबिन्द राज ओझा

दिपायल सिलगढी नगरपालिका वडा नं.२ दिपायल,डोटी , नेपाल

[email protected]

 

प्रतिक्रिया