सञ्ज्याल एकता समाज नेपालको भेला सम्पन्न

देवेन्द्र सञ्ज्याल २०७८ माघ ११ गते १०:४७ मा प्रकाशित
देवेन्द्र सञ्ज्याल, १० माग २०७८- कैलाली,गौतम गोत्रिय सञ्ज्याल एकता समाजको प्रथम भेला कैलालीको लम्कीमा सम्पन्न भएको छ। धुर्ब सञ्ज्याल अध्यक्ष र मोतीराम जैशिलाई सचिवमा चयन गर्दै २५ सदस्यीय बृहत केन्द्रीय भेला आयोजक तदर्थ समिति गठन गरिएको जानकारी प्राप्त भएको छ।
पारिवारिक एकतालाई थप सुदृढ बनाउँदै समग्र प्राणीको हितका निम्ति कार्य गर्ने उदेशका साथ निकट भविष्यमै बृहत केन्द्रीय भेला आयोजना गर्ने जानकारी अध्यक्ष धुर्ब सञ्ज्यालले दिनु भएको छ।
जेष्ठ व्यक्तित्व धनिराम जैशिको अध्यक्षतामा भएको उक्त भेलामा करिब ५० जनाको उपस्थिति रहेको बताइएको छ।

प्रतिक्रिया