कृष्णप्रकाश स्मृती ग्रन्थ बिमोचन

इनेप्लिज २०७८ माघ १० गते २२:१८ मा प्रकाशित

 

अटवा,यही जनवरी २१ । २०२२का दिन गैरआवासीय नेपाली सङ्घको भाषा,साहित्य ,संस्कृति तथा सम्पदा प्रबर्द्धन समितिले जूमको माध्यमबाट पुस्तक लोकार्पण कार्यक्रम सम्पन्न गर्यो।डायस्पोरामा रहेका नेपाली भाषा साहित्य संस्कृति र सम्पदालाई माय गर्ने मान्छे।

करीब ६४ बर्ष प्रवासमा रहेर नेपाली भाषा र साहित्यलाई सन्सारीकरण गर्ने योद्धाको नाम हो कृष्णप्रकाश श्रेष्ठ।प्रवासमा रहेका नेपाली साहित्यका शिखर व्यक्तित्व श्री कृष्णप्रकाश श्रैष्ठको यो कोराना महामारीबाट महाप्रस्थान भएको थियो।

स्वर्गीय कृष्णप्रकाश श्रेष्ठको प्रथम पुण्यतिथीको अवसरमा ” सम्झनामा कृष्णप्रकाश श्रेष्ठ ” स्मृति ग्रन्थको एक बिशेष समारोहका माझ लोकार्पण भयो। नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति श्री गङ्गाप्रसाद उप्रेतीले कृतिको लोकार्पण गर्नु भयो।लोकार्पण गर्दै कुलपति उप्रेतीले नेपाली भाषा साहित्यलाई प्रवासमा उन्नयन गर्ने श्रेष्ठ शिखर साहित्यिक ब्याक्तित्व रहेका थिए भन्नु भयो।श्रेष्ठले मुनामदन लगाएत सयौँ नेपाली साहित्यका कृतिहरू रसियन भाषामा अनुबाद गरी प्रकाशित भएका छन्।

त्यसै गरी सयौ रसियन भाषाका चर्चित कृतिहरुलाई नेपाली भाषामा अनुवाद गर्नु भएको छ।छदसक भन्दा बढी प्रवासमा रहेर नेपाली साहित्यका कृतिहरू अनुवाद गर्नुका साथै बिबिध विषयमा साहित्य सृर्जना गर्नु भएको छ।नेपाली वाङमयको सेवामा समर्पित कृष्णप्रकाश श्रेष्ठ नेपाली साहित्यको इतिहासमा सधै अमर रहने छन,उप्रेतीले भन्नु भयो।कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रा.जगत उपाध्याय ” प्रेक्षित”ले प्रकाशित कृति माथि चर्चा गर्नु भएको थियो।यस कृर्तिले पाठकहरूलाई नेपाली साहित्य र रसिययन साहित्यका बारेमा मात्र सिमित नरही प्रवासका बिबिध व्यंजनहरूको स्वादहरू पनि चखाउने छ भन्नु भयो।

 

श्रेष्ठसङ्ग उनको जिवनका बिबिध कालखण्डमा सहकार्य गरेका २७ जना लेखकहरुका रचनाहरू लोकार्पित कृतिमा समेटिएका छन।कार्यक्रममा एनआरएनए पुर्व अध्यक्ष तथा लेखक जिवा लामिछाने,उपाध्यक्ष डा.बद्री केसी,प्रा. डा. हेमनाथ पौडेल,डा. श्याम उपाध्याय,डा. मनमुर्ती भुर्तेल,तेजप्रबबकजप प्रकाश श्रेष्ठ, रसियन कवि तात्याना चे,अनेसासका अध्यक्ष प्रकाश पौडेल ” माइला ” बिनेसासका अध्यक्ष सुरेन्द्र लिम्बू परदेशी लगाएतले श्रेष्ठसङ्गका आ आफ्ना सम्झना र उहाको ब्याक्तित्व बारे बोल्नु भएको थियो।

कार्यक्रम कृतिका सम्पादक सुरेन उप्रेतीले संचालन र सभापतितब भाषा,साहित्य,संस्कृति तथा सम्पदा प्रबर्द्धन समितिका अध्यक्ष हिक्मत थापाले गर्नु भएको थियो।थापाले कृति प्रकाशनमा सहयोग गर्ने श्रेष्ठका परिवार,सबै बिद्द्वत लेखकहरु र बिशेष सहयोग गर्ने जिवा लामिछाने,हरि पौडेल,डा. बद्री केसी,महेश्वर पन्त,बिनेसास रसिया,बिकास बिष्ट,सपिला राजभण्डारी,प्रा.डा.हेमनाथ पौडेल,सुरेन उप्रेती,गोबिन्दप्रसाद गौतम,डा. मनमुर्ती भुर्तेल लगाएतलाई आभार ब्यक्त गर्नु भएको थियो।

पुस्तकमा स्वर्गीय कृष्णप्रकाश श्रेष्ठका सम्झनामा केदार वशिष्ठ ,गोबिन्द गिरी प्रेरणा,प्रा.डा. गोबिन्दराज भट्टराई,चन्द्रकान्त आचार्य,प्रा. जगत उपाध्याय ” प्रेक्षित”,जिवा लामिछाने,तात्याना चे,तेजप्रकाश श्रेष्ठ,दिनेश अधिकारी,धनराज गिरी ,डा.नाजसिंह,डा. नेत्र एटम,नेल्ली पन्तिलेइभ्ना,प्रकाश पौडेल “माइला “,डा. मधु माधुर्य,डा.मनमुर्ती भुर्तेल,मारिना श्रेष्ठ,डा.मुकुन्द पथिक,राजेन्द्रबहादुर अधिकारी,डा.श्याम उपाध्याय,सुरेन उप्रेती,सुर्य किरण गुरुङ्ग,डा. सुर्यप्रकाश पौड्याल,हिक्मत थापा,हिरण्यलाल श्रेष्ठ र प्रा.डा.हेमनाथ पौडेलका लेख रचना समेटिएका छन।त्यसैगरी नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती र गैरआवासीय नेपाली सङ्घका अध्यक्ष कुमार पन्तका शुभकामना सन्देश स्मृती ग्रन्थमा रहेका छन।

कार्यक्रकमको अन्त्यमा सबैलाई धन्यवाद दिँदै हिक्मत थापाले कार्यक्रमलाई ईनेप्लिज डटकमको फेसबुकमा प्रत्यक्ष प्रसारण गरिएको छ ।ईनेप्लिज डटकमका बिश्वराज थापा विजय थापा र ईनेप्लिज परिवार प्रति हार्दिक आभार प्रकट गर्दछौ हिक्मत थापाले भन्नु भयो।

प्रतिक्रिया