तिमिलाई देखेपछि मेरो सबै…………………………

गोबिन्द राज ओझा     २०७८ माघ ७ गते ११:४५ मा प्रकाशित

 

तिमिलाई देखेपछि मेरो सबै दु.ख हराउछ

एकछिन सामुमा बस्दा तिमि मेरो विश्वास बढछ

सुन चादी धन सम्पति केहि पनि चाहिदैन मलाई

सधैको लागि केवल तिम्रो साथ भए पुग्छ मलाई

 

तिमिलाई नदेख्दा आत्तिएको यो मन मैले कसरी बुझाउला

तिम्रो साथ पाएपछि मेरो मन कति खुसि होला

विरानो शहरमा तिम्रो फोटो हेरेर मन बुझादैछु

पिरतिको खेल यस्तो म कसरी बाचिरहेछु

 

छिन छिनमा हास्ने  अनि रुने भएको छ मेरो मन

बिछोडको बियोगमा तड्पिएरै बाँच्नु पर्ने भयो झन

यो जिन्दगिमा खुसि ल्याउन तिमि आए पुग्छ

आत्मा जल्ने गरी आतिएको मन तिम्रो साथमा खुसि हुन्छ

 

छिन छिनमा हास्ने  अनि रुने भएको छ मेरो मन

खालि समयमा तिम्रो यादमा दुई अक्षर लेख्न खोज्छ मन

 

गोबिन्द राज ओझा

दिपायल सिलगढी नगरपालिका वडा नं.२ दिपायल ,डोटी , नेपाल

[email protected]

 

प्रतिक्रिया