कोभिड नियन्त्रणमा महानगरपालिकाको सम्पूर्ण तयारी– प्रमुख पराजुली

मनोज दाहाल २०७८ माघ ७ गते ११:१३ मा प्रकाशित

मनोज दाहाल,विराटनगर,७ माघ।विराटनगर महानगरपालिकाले कोभिड सङ्क्रमण नियन्त्रण,रोकथाम तथा व्यवस्थापनका लागी सम्पुर्ण तयारी गरेको जनाएको छ।

विराटनगर महानगरपालिकाका प्रमुख भिम पराजुलीले संचारकर्मीसंग आज कुरागर्दै ओमिक्रोन तथा कोभिड नियन्त्रण व्यवस्थापनका लागी अक्सिजन तथा आइसोलेसन शैया व्यवस्थापन तथा सीमा नाकामा एकदर्जन चिकित्सक परिचालनगरि एन्टिजेन परिक्षणको दायरा वढाउदै आवश्यक हेल्थ डेस्को व्यवस्था मिलाइएको बताउनु भएको छ।

उहाँले विराटनगर रानीस्थित भारतीय सिमा नाका भएर नेपाल प्रवेशगर्ने सम्पुर्ण व्यक्तिको अनिवार्य एन्टिजेन परिक्षणको व्यवस्था मिलाइएको जानकारी दिनु भयो।

यसैगरी महानगरपालिकाका १९ वटै वडाहरुमा खोपकेन्द्र मार्फत नियमित खोपको व्यवस्था मिलाउनुका साथै कोभिड विरुद्ध सचेतना फैलाउन माइकिङ्ग ,पर्चापम्लेट तथा माक्स वितरण लगायत विभिन्न स्वास्थ्य जनचेतना मुलक कार्यक्रम समेत संचालन गरिरहेको प्रमुख पराजुलीले बताउनु भयो।

उहाँले कोभिड सङक्रमणको सङ्ख्या वृद्धिसँगै नागरिकहरुमा खोप लगाउन आउनेहरुको चाप वढदै गएकाले खोपकेन्द्र विस्तारगर्ने तयारीमा महानगरपालिका रहेको उहाँको भनाइ रहेको छ।

यस अघि खोप लगाउनेको सङ्ख्यामा कमीका कारण खोप केन्द्रमा भिडभाड नहुने गरेकोमा अहिले खोप लगाउनेको चाप एक्कासी वृद्धि हुंदा खोपकेन्द्रमा भिडभाड वढेकाले त्यसलाई व्यवस्थापन गर्न महानगरपालिका लागी रहेको उहाले वताउनुभयो।

प्रमुख पराजुलीले नियमति खोपको व्यवस्थासंगै पीसिआर परीक्षण संकलनको कार्यलाई समेत महानगरपालिकाले निरन्तरता दिइरहेको वताउनुभयो।

कोभिड रोकथाम व्यवस्थापनका लागी प्रदेश सरकारसँग समन्वय गरेर महानगरपालिका अघि वढेकाले कोभिडवाट आउने जुनसुकै जोखिमको सामना गर्न महानगरपालिका तयार रहेको उहाँले भन्नु भयो।

प्रदेश सरकार मन्त्रीपरिषदको वैठकले कोभिड व्यवस्थापन नियन्त्रण रोकथामका लागी कसले के गर्ने विषयमा सवैलाई आ–आफनो जिम्मेवारी दिएकाले काम गर्न सहज भएको उहाँले वताउनुभयो।

कोभिड ओमिक्रोन प्रभावकारी रुपमा फैलिने भएकाले यसलाई सामान्य रुपमा नलिन र स्वास्थ्य मापदण्ड अपनाउन सबैलाई उहाँले आग्रह गर्नुभयो।प्रमुख पराजुली आगामी दिनमा ओमिक्रोनको प्रभाव धेरै वढने भएकाले स्वास्थ्य सावधानी अपनाउँदै अनिवार्य माक्सको प्रयोग गर्न उहाले सवैलाई आग्रह गर्नुभयो।

खुल्ला सिमाका कारण जोखिम वढेकाले प्रत्येक नाकामा एन्टिजेन परिक्षणको व्यवस्था मिलाउनुपर्नेमा उहाँले जोड दिनुभयो।

मनोज दाहाल

 

मनोज दाहाल

पत्रकार

प्रतिक्रिया