विराटनगर,६ माघ।एम्स कलेज विराटनगर –९ मा बिएचएम. अध्ययनरत विद्यार्थी प्रेक्षा पौडेल त्रिभुवन विश्वविद्यालयले प्रकाशित गरेको बिएचएम प्रथम समेष्टरको परीक्षाफलमा ३.७६ जि.पि.ए.प्राप्त गरि प्रदेश नं १ प्रथम स्थान हासिल गर्न सफल भएकी छिन्।
उक्त सेमेष्टरमा अध्ययनरत कुल विद्यार्थी संख्याको ८०% विद्यार्थीले ३ जिपिए भन्दा माथि अंङ्क प्राप्त गरि प्रदेशकै उत्कृष्ट नतिजा ल्याउन कलेज सफल भएको छ।
कलेजका प्रबन्ध निर्देशक टीकाराम पुरीले भने एम्सले समय सापेक्ष आफुलाई परिस्कृत र परिवर्तित गर्दै लगेका कारण यहाँ अध्ययनरत विद्यार्थीहरुले सफलता प्राप्त गर्न सक्षम भएको बताउनु भयो।
उहाँले विद्यार्थी र समयको माग अनुसार सिप,सँस्कार र प्रविधियुक्त गरिखाने शिक्षाका लागि सदैव तत्पर रहनेमा निर्देशक पुरीले जोड दिनु भयो।
सो अवसरमा विद्यार्थी प्रेक्षाले विद्यार्थीको मेहनेत र कलेजका भूमिका,शिक्षक शैक्षिक बातावरणले आफुले सफता प्राप्त गर्न सफल भएको जानकारी दिइन। एम्स यस्तो कलेज हो जहाँ पढाइलाई भन्दा सिकाईलाई बढि जोड दिइन्छ उनले भनिन् ।
विद्यार्थीले सही रियल सिकाई यहाँ गर्छन् क्याम्पस प्रमुख सिएम बस्नेतले बताउनु भयो।
कलेजले आज एक कार्यक्रम गरिे पौडेललाई कलेजका प्रबन्ध निर्देशक पुरी, क्याम्पस प्रमुख बस्नेत र बिएचएम.संयोजक सुरेन्द्र मण्डलले खादा,अबिर,प्रमाण पत्र र नगद समेत हस्तान्तरण गरि सम्मान गरिएको छ।
प्रतिक्रिया