विराटनगर,४ माघ।प्रदेश नं.१ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशको नामकरण प्रदेश सभाको आउँदो हिउँदे अधिवेशनबाट टुङ्गो लगाउने बताउनु भएको छ।
मुख्यमन्त्रीको कार्यालयमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले प्रदेशको नाम संसदले टुंगो लगाउने विषय भएको स्पष्ट पार्नु भयो।
मुख्यमन्त्री राईले आफूहरू सरकारमा आएपछि संसदको एउटा पनि बैठक नबसेको सन्दर्भ उल्लेख गर्दै उहाँले अब छिट्टै हिउँदे अधिवेशन आरम्भ गरेर प्रदेशको नामाकरण गर्ने प्रक्रिया अगाडि वढाउने जानकारी दिनु भयो।
उहाँले यही माघ २० गतेभित्र हिउँदे अधिवेशन सुरु गरेर प्रदेशको नाम टुङ्गो लगाउनेतर्फ अघि बढिने बताउनु भएको छ।सांसदले टुङ्गो लगाउने विषय भए पनि प्रदेश सरकारको तर्फबाट सक्रिय सहजकर्ताको भूमिका खेलेर यही हिउँदे अधिवेशनबाट प्रदेशको नामाकरण गरिने मुख्यमन्त्री राईले स्पष्ट गर्नु भयो।
प्रतिक्रिया