
नेपालको अहिलेको संघीयता प्रशानिक विकेन्द्रीकरण जस्तो मात्र छ।संघीयता भनेको प्रशासनीक बिकेंद्रीयता मात्र नभएर बीबिध जात जाती, भाषा भाषीका, बिभिन्न वर्ग, तह र बिबिध भूगोलमा बस्ने जनता हरुको उचीत ब्याबस्थापन हो।संघीयताले जस्तो समाज छ उस्तै राज्य निर्माणको बीधि तय गर्छ।यसको लागी संबिधान कानुन परिवर्तन गर्नु पर्छ सरकारले चाहेर मात्र यो सम्भव छैन तर प्रयास जारी छ।उक्त कुरा संघीय मामीला तथा सामान्य प्रसाशन मन्त्री राजेन्द्र श्रेष्ठले बताउनु भएको हो।जनता समाजवादी पार्टी को जनजागरण तथा सुदढ्रिकिकरण अभियान “सुज “अन्तर्गत भर्चुएल जुम मार्फत भेला लाई सम्बोधन गर्नु भएको हो। जनता समाजवादी पार्टी को जनवर्गीय विदेश संगठन नेपाली समाज अमेरीकाले हालै एक सुज अभियान कार्यक्रम जूम मध्यम बाट गरेको थियो।
उक्त कार्यक्रममा जसपा विदेश बिभाग इन्चार्ज आङ्गकाजी शेर्पाले बिभिन्न प्रश्न हरुको उत्तर दिनु हुदै पार्टीको नीति शिल्पी दलित पिछडिएको वर्ग हरुलाई राज्यको पहुँचमा पुर्याउने हाम्रो अभियान हो,यी जातीको अधिकारको कुरो उठाउदा कोहि पनी आत्तिन्नु पर्दैन, श्रमजीवि शासित ब्राह्मण समुदायको लागी पनी हाम्रो अभियान हो। सिंगो राज्य सत्ता एकल धार्मिक, भाषिक, सांस्कृतिक भयो भन्दा श्रम जीवि शोषित ब्राह्मण समुदाय कम्मर कसेर बिरोध गर्नु हुन्छ आश्चर्यको कुरा हो भन्नु भयो/अर्का वक्ता पार्टीको सल्लाहकार डा महेन्द्र लावतीले नेपालमा राज्यहरु १०+१ हुनु पर्ने भन्ने पार्टीको नीती हो भने प्रदेश मोर्चा पनी त्यतिनै हुनु पर्ने हो तर अहिले जसपाले ७ प्रदेशको प्रदेश समिती बनाएको परिवर्तन गर्नु पर्छ भन्नु भयो/उक्त कार्यक्रममा बिभिन्न सहभागीले प्रश्न गर्नु भएको थियो।
सभाको बिसर्जन गर्दै नेपाली समाज अमेरिकाको अध्यक्ष समीर महर्जनले सबै लाई धन्यवाद दिनु भएको थियो। उहाले बिभिन्न देशको फरक समयको वाबजुद पनि लगभग ५ घण्टा धैर्य धारण गरेर बसिदिनु हुने सहभागी हरुलाई आभार व्यक्त गर्नु भयो।सभाको संचालन महासचिव मनु लोहरुंग राई र सल्लाहकार पार्वती थापाले गर्नु भएको थियो ।स्वागत भाषण वरिस्ट उपाध्यक्ष लिला राई र संस्थाको बारेमा सुरेश चामलिंगले प्रकाश पार्नु भएको थियो।उक्त कार्यक्रममा बिभिन्न देशका प्रवाश प्रतिनिधि हरुले भाग लिनु भएको थियो।पार्टीको प्रवाश प्रदेश बिशेष समीति को अध्यक्ष धन गुरुङ युके,कोषाध्यक्ष धन बिक,सचिव मनिष यादव र मनिज गौतम हुनु हुन्थ्यो। नेपाली समाज इजरायलको अध्यक्ष अनिला मोक्तान तामाङ्गको नेतृत्वमा १० जना,जापान अध्यक्ष पेम्बा शेर्पा सहित २ जना,अध्यक्ष दर्पण गुरुङ कोरिया,अध्यक्ष तेज मोक्तान कतार,अध्यक्ष बीरेन्द्र नेगी,भोज राज न्यौपाने, भानु प्रसाद गौतम मलेशिया,अध्यक्ष निर्मल स्याङ्गताङ्ग कुवेत,प्रतिनिधी मनोज गौतम हंगकंग,प्रतिनिधी प्रमोद श्रेष्ठ यु ए इ,जनता समाजवादी पार्टी केन्द्रिय सल्लाहकार गुरु प्रसाद राई सहित ५१ जनाको उपस्थिति रहेको थियो।
सुरेश चाम्लिङ्ग
न्युहेम्प्शायर बाट
प्रतिक्रिया