शुभकामनाले सजिएको उपहार……………………….

 गोबिन्द राज ओझा        २०७८ माघ ३ गते ११:३९ मा प्रकाशित

 

शुभकामनाले सजिएको उपहार चाहिदैन मलाई

तिरस्कार र घृणाले सजिएको विरह दिए पुग्छ

 

धेरै शुभकामना र धेरै आशिर्वाद चाहिदैन मलाई

लडाईको मैदानमा अन्तिम सास फेर्न पाए  हुन्छ

कसैको साथ र सहयोग चाहिदैन मलाई

भिरबाट खस्दा हात नसमाते हुन्छ

 

बसन्तको सुन्दर हरियालिमा हैन मलाई

उजाड बालुवाको मरभुमिमा छोडे पुग्छ

 

 

गोबिन्द राज ओझा

दिपायल सिलगढी नगरपालिका वडा नं.२ दिपायल ,डोटी , नेपाल

[email protected]

 

प्रतिक्रिया