तिम्रा सबै चाहनाहरु मलाई………………………….

 गोबिन्द राज ओझा        २०७८ माघ २ गते १७:०२ मा प्रकाशित

 

तिम्रा सबै चाहनाहरु मलाई भनेको हुनुपर्छ

तिमि म सँग नबोले पनि मैले सबै कुरा बुझ्नुपर्छ

 

मेरो मनमा तिमि ,मेरो हर सम्झनामा तिमि छौ

तिम्रो साथ पाउने आशामा मैले दु:ख बिर्सिरहेछु

तिम्रो मिठो मुस्कानमा मैले मन भुलाईरहेछु

सधै तिम्रो साथमा रहदाको खुसि बोकेर बाचिरहेछु

 

दुनिया सामु मायाको घरबार बनाएर बसे

दुई मुटुको एक धडकन बनाई सजाएर राखे

सधै खुसिले बास गरोस कहिले हुन नपरोस दु:खि

खुसि बोकि हिडछौ हामि मनलाई नबनाउ  दु:खि

 

मेरि प्रिय तिम्रो साथमा हासि हासि बाच्न परोस

एक पल भए पनि तिमिसँग मेरो भेट होस

तिमि सँग बस्न मन छ आउ ए सुन्दरि

सुन तिमिले मेरो मन भित्रका सबै कहानि

 

मेरो जिन्दगि तिमि नै हौ हृदय बसेकि छौ रानि बनि

जिन्दगि यो सबै बितिसक्यो तिम्रो साथमा बसौला भनि

नसोध मलाई तिमि कति चोटी देखिन्छौ सपनिमा भनि

तिमि सँगको बियोगमा प्राण छोडन लागे कसरि भनि

 

[email protected]

गोबिन्द राज ओझा

दिपायल सिलगढी नगरपालिका वडा नं.२ दिपायल ,डोटी ,  नेपाल

 

प्रतिक्रिया