विराटनगर,२ माघ।नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारले भर्खरै सम्पत्र पार्टीको १४औँ महाधिवेशन पछि पार्टीमा कुनै असहजता नदेखिएको बताउनुभएको छ।
विराटनगर विमान स्थलमा आज सञ्चारकर्मीहरुसँग कुराकानीको क्रममा उहाँले पार्टी सभापति शेरबहादुर देउवाले पहिलो चरणमा केन्द्रीय समितिमा केही साथीहरुलाई मनोनित गरिसक्नु भएको छ भत्रुभयो।
अधिवेशनको दौरानमा पार्टीका कार्यकर्ताहरु बीचमा देखिने दूरी स्वभाविक हो भन्दै केन्द्रीय सदस्य गच्छदारले यो दूरी विस्तारै कम हुँदै जाने विश्वास व्यक्त्त गर्नुभयो । पार्टीमा स्थानीय तह देखि केन्द्रसम्म स्वस्थ प्रतिस्पर्धा भएकोले केही उतार चढाव हुनु स्वभाविक रुपमा आफूले लिएको चर्चा गर्दै आगामी निर्वाचनमा पार्टी एकढिक्का भएर लाग्नु पर्ने सुझाव दिनुभयो।तीनै तहको एकै पटक वा आलोपालो निर्वाचन हुने हो यसका विषयमा निर्वाचन आयोगले तयारी गरिरहेको बताउँदै केन्द्रीय सदस्य गच्छदारले स्थानीय तहमा जनप्रतिनिधिको शून्यता हुन नदिन समयमै निर्वाचन हुने विश्वास व्यक्त्त गर्नुभयो।अधिवेशनका दौरानमा देखिएका नकारात्मक कुराहरुलाई बिर्सेर नेतृत्व पंक्ति एवं आम कार्यकता र नेताले बिर्सेर अघि बढ्नुको विकल्प नरहेको भन्दै केन्द्रीय सदस्य गच्छदारले पार्टीमा कहिले काँही उतार चढाव हुन्छ यसलाई अन्यथा लिन नहुने तर्क गर्नुभयो।
प्रतिक्रिया