भेटौला भन्थे तिमिलाई भेट नगरी…………………..

 गोबिन्द राज ओझा              २०७८ माघ २ गते ३:१९ मा प्रकाशित

 

भेटौला भन्थे तिमिलाई भेट नगरी छुटिनु पर्‍या 

मेरो समय यस्तै भयो तिमिलाई छोडि जानु पर्‍या 

 

तिमि साथ हुदा मेरो मन कति खुसि थियो होला

माफ गर प्रिय मलाई अव भेट कहिले होला

तिमि देखि टाढा त्यो शहरमा जानैपर्छ मैले

मिलन, बिछोड जिन्दगिको खेल सहनैपर्छ अहिले

 

मन मिल्यो ,मुटु मिल्यो सँगै बाच्ने बाचा गर्यौ

मन भरि पिडा, गहभरि आशु बोकि आज टाढा भयौ

समयको खेल हो यो तिम्रो सम्झनामा बस्नुपर्ने भयो

कुनै  समय त आउला भेट हाम्रो पक्कै होला

 

सँगै बसि आनन्दले जिन्दगि बिताउला

तिम्रो मिठो मायामा खुसि भई म बाचुला

 

 गोबिन्द राज ओझा

दिपायल सिलगढी नगरपालिका वडा नं.२ दिपायल ,डोटी ,  नेपाल

[email protected]

 

प्रतिक्रिया