तिमिले नसोध प्रिय मलाई………………………….

गोबिन्द राज ओझा (राजन) २०७८ माघ १ गते १४:२८ मा प्रकाशित

 

तिमिले नसोध प्रिय मलाई पिडामा छौ कि भनेर

म यस्तै छु प्रिय तिमिले नबोलाउ रोएर

 

यो मेरो जिन्दगि दु:ख बोक्ने भारी भएछ

मन दुखे पनि हासेर बोल्नु पर्दोरहेछ

मेरो दु:खि मन भए पनि तिमि खुसि रहनु

मेरो दिलको घाउमा तिमिले मलम लगाउनु

 

यसैले मन दुखेर पनि हासेर बाचिरहेछु

विरानो शहर म एक्लै बसि रोईरहेछु

मेरो जिन्दगि तिमि नै हौ यहि ठाने हुन्छ

दुखेको मेरो मन तिमिलाई देख्दा खुसि हुन्छ

 

मेरो दिलमा तिमिले उज्यालो बनाएर आउ

दुखेको मेरो मनलाई खुसि बनाउन आउ

 

गोबिन्द राज ओझा

दिपायल सिलगढी नगरपालिका वडा नं.२ दिपायल ,डोटी ,  नेपाल

[email protected]

 

 

प्रतिक्रिया