उत्तर कोरियाले अज्ञात क्षेप्यास्त्र प्रहार ,एक हप्तामा ३ वटा क्षेप्यास्त्र

इनेप्लिज २०७८ पुष ३० गते १२:०५ मा प्रकाशित

उत्तर कोरियाले शुक्रबार पूर्वमा अज्ञात क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाको सेनाले जनाएका छन् । यो समेत एक हप्ता भन्दा कम समयमा उत्तर कोरियाले तेस्रो प्रक्षेपण गरेको हो ।

संयुक्त प्रमुख कर्मचारी (चिफ अफ स्टाफ)ले थप विवरण नगरी प्रक्षेपण गरेको घोषणा गरेका हुन् ।

वाशिंगटनले उत्तर कोरियासंग सामूहिक विनाशको हतियार र प्राक्षेपिक क्षेप्यास्र कार्यक्रममा संलग्न छ भनि उत्तर कोरियालीहरूमाथि ६ नयाँ प्रतिबन्ध लगाएको केही दिन पछि यो आएको हो ।

गत मंगलबार र बुधबार अमेरिकाले उत्तर कोरियासंग आवाज भन्दा पनि तिब्र प्राक्षेपिक क्षेप्यास्र (मिसाइल) प्रक्षेपण गरेको थियो ।

जापानले पनि शुक्रबार सामाजिक संजाल मार्फत ट्वीट गर्दै “उत्तर कोरियाबाट सम्भावित ब्यालेस्टिक मिसाइल (प्राक्षेपिक क्षेप्यास्र)प्रक्षेपण गरिएको छ । अनुगमन प्रतिवेदन आए पछि हामी तपाईंलाई जानकारी दिनेछौं।” भनेको छ ।

श्रोत :सिएनएन

प्रतिक्रिया