एमालेको ६२ जिल्लाको अधिवेशनको परिणाम सार्वजनिक

इनेप्लिज २०७८ पुष ३० गते ११:४६ मा प्रकाशित

काठमाडाै‌।नेकपा एमालेको ६२ जिल्लामा भएको अधिवेशनको परिणाम आएको छ।६८ जिल्लामा अधिवेशन भएको भए पनि ६२ जिल्लाको मात्र परिणाम आएको एमालेको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बताउनुभयो।

उहाँका अनुसार सिन्धुपाल्चोक, दैलेख र पर्सामा भने अधिवेशन उद्घाटन भएर पनि स्थगित गरिएको छ।मौसमको प्रतिकुलताले मनाङ, मस्ताङ, मुगु, हुम्ला, पूर्व रुकुम, बझाङ अधिवेशन हुन सकेको छैन।

आउँदो माघ २२ गतेभित्र सबै जिल्लामा अधिवेशन सक्ने निर्देशन दिइएको भए पनि कोरोना भाइरसको सङ्क्रमण दर तीब्र रूपमा फैलिएकाले जिल्ला अधिवेशन प्रभावित हुने देखिएको पनि उहाँले बताउनुभयो।

प्रतिक्रिया