प्रेस चौतारी मोरङको अध्यक्षमा कोइराला

इनेप्लिज २०७८ पुष २९ गते २३:०७ मा प्रकाशित

विराटनगर,२९ पुस।प्रेस चौतारी नेपाल मोरङको अध्यक्षमा सुदीप कोइराला निर्वाचित भएका छन्।चौतारी मोरङको आज सम्पन्न आठौं जिल्ला अधिवेशनले कोइरालाको अध्यक्षमा २५ सदस्यीय जिल्ला कार्यसमिति सर्वसमितिले निर्वाचित गरेको हो।

अधिवेशनले उपाध्यक्षमा सन्तोष राई र चीना थापा,सचिवमा शशांक पौडेल, सहसचिवमा सुमन घिमिरे र अर्जुन राई र कोषाध्यक्षमा विद्यानन्द चौधरीलाई निर्वाचित गरेको छ।

यसैगरी सदस्यहरुमा हरिहर नेपाल,दिपेश खतिवडा,कृष्णचन्द्र सुवेदी,दिपेन्द्र थापा,खगेन्द्र चौहान,शुक्रराज राई,राजकुमारी तामाङ,राजो उराव,भूपेन्द्र कटुवाल, भूमीप्रसाद पाठक,कृष्ण कोइराला,निशान्त ढुङ्गाना,मनोजकुमार महतो,सामना भट्टराई,सम्झना चौधरी,इश्वर दुलाल, रोमा दाहाल र तिलक नेपाल निर्वाचित भएका छन्।

जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रममा नेपाल कम्यूनिस्ट पार्टी(एमाले) केन्द्रीय सदस्य एवं मोरङ इन्चार्ज विनोद ढकाल,प्रेस चौतारी नेपालका उपाध्यक्ष लीलाराज भट्टराई,प्रेस चौतारी नेपालका लेखा संयोजक विक्रम लुईटेल,नेकपा एमाले मोरङका उपाध्यक्ष बाबुराम कार्की,सचिव रुपेश खतिवडा,नेपाल पत्रकार महासङ्घ मोरङका अध्यक्ष सञ्जीव खनाल,प्रेस सेन्टर मोरङका अध्यक्ष अर्जुन आचार्य,प्रेस मञ्च मोरङका अध्यक्ष मुकेश यादव लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

 

प्रतिक्रिया