आइतबार, माघ ९ २०७८
काठमाडौं १५:२५
वासिङटन डिसी 04:40

गोपीकृष्ण स्मृति ग्रन्थ लोकार्पण : अग्रज पत्रकार नकुल काजी सम्मानित

इनेप्लिज २०७८ पुष २९ गते २२:५६ मा प्रकाशित

 

पत्रकार तथा साहित्यकार गोपीकृष्ण खनालको स्मृतिमा प्रकाशित गोेपीकृष्ण खनाल स्मृति ग्रन्थको एक समारोेहकाबीच लोकार्पण गरिएको छ।
गोपीकृष्ण स्मृति प्रतिष्ठानको आयोेजनामा बिर्तामोेडस्थित गोमेन्द्र कलेजमा बिहीबार आयोेजित कार्यक्रममा प्रमुख आमन्त्रित खनाल सेवा समितिका अध्यक्ष हेमप्रसाद खनाल,आमन्त्रित शिक्षासेवी गणेशप्रसाद खनालले स्मृति ग्रन्थको लोकार्पण गरेका थिए।प्रतिष्ठानका अध्यक्ष खगेन्द्र खनालको अध्यक्षतामा सञ्चालन भएकोे कार्यक्रममा स्वागत प्रष्तिष्ठानकी उपाध्यक्ष नैनकलला भट्टराईले गरेकी थिइन्।

प्रतिष्ठानका सचिव एवम् स्मृति ग्रन्थका प्रधान सम्पादक डा.पुुण्यप्रसाद पौडेलले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेकोे कार्यक्रममा बिजय बरालद्वारा निर्मित बिञ्जु मिडिया कर्नरद्वारा छायांकन गरिएकोे स्व. खनालकोे जीवनवृत्त समेटिएकोे वृत्तचित्र प्रदर्शन गरिएको थियो।

पछिल्लो समय झापालाई कर्मथलोे बनाइ नेपाली साहित्य र पत्रकारिता क्षेत्रको सेवा गर्दै आएका गोेपीकृष्ण खनालकोे गत २०७५ साल साउनमा सवारी दुर्घटनामा परी अकल्पनीय निधन भएको थियो।

भारत पश्चिम बंगालको शिलगढीमा रहँँदा स्थानीय बाडुली द्वैमासिक हुँदै नेपाली पत्रकारिता क्षेत्रमा प्रवेश गरेका खनालले विवेचना मासिक,अर्धसाप्ताहिक विश्वदीप,भानु,रहर,नयाँ विचार,मनकामना,नयाँ कामना लगायतका साहित्यक एवम् साप्ताहिक समाचारमा सम्वद्ध रहेर सेवा गरेका थिए।

सामाजिक सेवाका क्षेत्रमा ममेत सक्रिय खनाल वीरता जेसीजका संस्थापक सदस्य, सनातन धर्म सेवा समितिका सभापति,अर्जुनधारा जलेश्वर धाम,नेपाल विद्वत परिषद्,साहित्यिक पत्रकार संघ,विश्व हिन्दू महासंघ लगायत दर्जनौं संघ–संस्थामा आवद्ध थिए।स्व.खनालको स्मृतिमा प्रकाशन गरिएको ग्रन्थको लोकार्पण समारोहमा साहित्यकार कोमलप्रसाद पोखरेल,मातृका संग्रौैला,चिन्तामणि दाहाल लगायतले बोलेका थिए।

प्रतिष्ठानद्वारा स्थापित गोपीकृष्ण स्मृति पत्रकारिता पुरस्कार पहिलोपटक सोही समारोहकाबीच अग्रज पत्रकार नकुल काजीलार्ई प्रदान गरिएको थियो।पचास हजार रुपैयाँ राशिकोे सो पुरस्कार प्रतिष्ठानकी संरक्षक तथा खनालकी धर्मपत्नी रुपादेवी खनाल,प्रमुख आमन्त्रित व्यक्तित्व लगायतले समर्पण गरेका थिए।
नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष केशव भट्टराईले सञ्चालन गरेको सोही कार्यक्रममा कमल भट्टराई र नरेन्द्र पराजुलीलाई प्रोत्साहन पुरस्कार प्रदान गरिएको थियोे।

 

प्रतिक्रिया