आगामी चार दिनभित्र होल्डिङ सेन्टर संचालन ल्याउन निर्देशन–मुख्यमन्त्री राई

मनोज दाहाल २०७८ पुष २९ गते १०:५७ मा प्रकाशित

 

विराटनगर,२९ पुस।प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले आगामी चार दिनभित्रमा विराटनगर जुटमिलभित्र निर्माणाधीन होल्डिङ सेन्टर संचालनमा ल्याउन निर्देशन दिनु भएको छ।

मुख्यमन्त्री राई आज विराटनगर सीमा क्षेत्र रानी तथा होल्डिङ सेन्टरको अनुगमन तथा निरीक्षण पश्चात उक्त निर्देशन दिनु भएको हो।

जुटमिल भित्र प्रदेश सरकारको लगानीमा नेपाली सेनाको नेतृत्वमा निर्माणाधीन एक हजार शैयाको मध्ये तत्काल चार दिन भित्र १०० र आगामी १५ दिन भित्रमा २०० शैयाको संचालन गर्नुपर्नेमा जोड दिनु भयो।

उहाँले होल्डिङ सेन्टरमा आवश्यक रहेको विद्युत तथा पानी लगायत शौचालयको तत्काल व्यवस्था गर्न सम्बन्धित निकायका निर्देशन दिनु हँुदै कोरोना नियन्त्रण तथा समुदायमा सङ्क्रमण फैलिन नदिन अविलम्व संचालन गर्नु पर्ने आवश्यक्ता औँल्याउनु भयो।

मुख्यमन्त्री राइले निर्माणाधीन होल्डिङ सेन्टर निर्माण सम्पत्र गर्नका लागि रकमको अभाव हुन नदिने प्रष्ट पार्दै जनताको स्वास्थ्य सुरक्षाप्रति सरकार गम्भीरहेको छ भत्रु भयो।

कोरोनाको महामारी विपद् नै भएकोले यस सम्वन्धमा विपद् व्यवस्थापनको बैठक बसी आवश्यक तयारी अनुसार कार्य भैरहेको जानकारी दिनु भयो।

प्रदेशका सम्पूर्ण सीमा क्षेत्रमा आवागमन व्यवस्थित गर्ने,खोप कार्डमार्फत दुवै देशका जनतालाई सीमा क्षेत्रमा आवागमन गर्ने,भारतीय क्षेत्रबाट आउने सबैलाई एन्टिजेन परीक्षणको विस्तार गर्ने,भारतीय क्षेत्रका सम्वन्धित निकायसंग समन्वय गरी कोरोना नियन्त्रयामा क्रियाशील रहने मुख्यमन्त्री राईले बताउनु भयो।

सीमा बन्द गर्ने अधिकार सङ्घीय सरकारको भएकोले यस सम्वन्धमा प्रदेश सरकारले आवागमन व्यवस्थित मात्र गर्ने हो उहाँले भन्त्र भयो।

मुख्य मन्त्री राईले कोरोना रोकथामका लागि जनचेतना जागृत गराउन माइकिङ गर्ने, राजनीतिक दलको भेला लगायत अन्य जमघट,गतिविधि रोक्न आग्रह गर्ने बताउनु भयो।

मुख्यमन्त्री राईले भन्नु भयो,‘खोप लगाउन व्यापक अभियान संचालन गर्नका लागि राजनीतिक दल, भाृत संगठन र नागरिक समाजको सक्रिय अभियान सञ्चालन गर्ने ।’

सीमा निरीक्षणक्रममा आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले सीमा क्षेत्रमा दुवै देशका नागरिकहरुलाई आवागमन व्यवस्थित गर्ने बताउनु भयो।

सामाजिक विकास मन्त्री जयराम यादवले सीमा क्षेत्रमा रहेको हेल्प डेस्कमा कोरोना परीक्षणमा पोजेटिभ देखिएकालाई स्थानीय निकायको सहयोगमा होल्डिङ सेन्टर पुर्याउने जानकारी दिनु भयो।

मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले होल्डिङ सेन्टर तत्काल सम्पन्न गर्ने र अन्य विपद्का समयमा समेत यसलाई प्रयोग गर्ने बताउनु भयो।

जुटमिल भित्रमा निर्माणाधीन होल्डिङ सेन्टर रु २८ करोडको लागतमा रहेकोमा अहिलेसम्म रु १६ करोड रकम निकासा भैसकेको सोही अवसरमा जानकारी दिइयो।

विराटनगर रानीस्थित हेल्प डेक्समा पुस महिनाको २८ गतेसम्म ६९ जनाको एन्टिजेन परीक्षणमा पोजेटिभ देखिएको छ।

उक्त निरीक्षण एवं अवलोकनका क्रममा प्रदेशका प्रमुख सचिव डा रामप्रसाद घिमिरे,आन्तरिक मामिला तथा कानूनमन्त्रालयका सचिव कालीप्रसाद पराजुली, नेपाली सेना,सशस्त्र प्रहरी र नेपाल प्रहरीका प्रमुखहरु एवं प्रदेशका उच्च पदस्थ कर्मचारीहरु सहभागिता रहेको थियो।

मनोज दाहाल

 

मनोज दाहाल

पत्रकार

प्रतिक्रिया